ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

उखुको बक्यौता अनुदान तत्काल भुक्तानी गरिने २७ असारको मन्त्रीपरिषद्को निर्णयले उखुमा दिँदै आएको अनुदान रकम ७० रुपियाँबाट कटौती गरेर ३५ रुपियाँमा झारेको थियो । अनुदान रकम कटौती भएपछि किसानले विरोधमा छन् ।

काठमाडौँ । सरकारले उखु किसानलाई दिएको अनुदानको बक्यौता तत्काल भुक्तानी गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानको बाँकी रहेको अनुदान रकम एक दुई दिनभित्रै भुक्तानी गरिने जनाएको छ । प्रतिक्विन्टल ३५ रुपियाँका दरले गत आर्थिक वर्ष २०८१/८२ मा बाँकी रहेको रकम केही दिनमै कोष तथा लेखा नियन्त्रणको कार्यलयमार्फत भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले अर्थ मन्त्रालयले सहमति दिन ढिलाइ गरेका कारण रकम भुक्तानी गर्न ढिलाइ भएको जानकारी दिनुभयो । रकम भुक्तानीका लागि आइतबारदेखि नै प्रक्रिया अगाडि बढिसकेकाले जतिसक्दो छिटो किसानलाई रकम भुक्तानी गरिने उहाँले जानकारी दिनुभयो । गत आवको ७५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । किसानले भने सरकारले किसानलाई करिब एक अर्ब ६० करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको दाबी गरेका छन् ।

२७ असारको मन्त्रीपरिषद्को निर्णयले उखुमा दिँदै आएको अनुदान रकम ७० रुपियाँबाट कटौती गरेर ३५ रुपियाँमा झारेको थियो । अनुदान रकम कटौती भएपछि किसानले विरोधमा छन् ।

उखु उत्पादक महासङ्घको नेतृत्वमा प्रदर्शनका लागि काठमाडौँ आएका किसानले आइतबार गौशालाबाट नारा–जुलुससहित माइतीघर मण्डला, बानेश्वर चोकमा प्रदर्शन गरेका हुन् । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई मधेशका उखु किसानले काठमाडौँकेन्द्रित प्रदर्शन गरेका ह्न् । महासङ्घका संयोजक श्यामबाबु रायले चिनी उद्योगले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपियाँ भुक्तानी गरिसकेको भए पनि सरकारले दिने कबुल गरेको अनुदान नपाएकाले आन्दोलनमा उत्रन परेको बताउनुभयो । कृषि मन्त्रालयले उखु किसानलाई गत वर्ष दिएसरह प्रतिक्विन्टल अनुदान ७० रुपियाँ तोकेर मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्रीपरिषद्ले उक्त प्रस्ताव अनुमोदन नगरेर किसानको अनुदान कटौती गरी ३५ रुपियाँ दिने प्रस्ताव स्वीकृत गरेको थियो ।

  himalayanvoice.com | ८ भाद्र २०८२, आईतवार २२:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online