ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मोतीराम भट्टको संझनामा लस-एन्जलसमा साहित्य संगोष्ठी सम्पन्न भट्टले प्रकाशन गर्नुभएको ‘गोरखा भारत जीवन’ पत्रिका नेपाली भाषाको पहिलो पत्रिकाको रूपमा चित्रण गरिन्छ । भट्टको वि.सं. १९२३ भदौ २५ गते कुसेऔंसीका दिन जन्म भएको थियो ।

लस-एन्जलस । १६०औँ मोती जयन्तीको अवसरमा अन्तराष्ट्रिय साहित्य समाज लस एन्जलस च्याप्टरले नेपाली भाषा अध्यनरत विद्यार्थीहरुसंग अन्तरक्रियात्मक साहित्य संगोष्ठी सम्पन्न गरेको छ ।

सहभागीहरुले मोतीराम भट्टले नेपाली साहित्य र नेपाली भाषाको संबर्धनको क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै भारतको बनारसमा बसेर ‘गोरखा भारत जीवन’ नेपाली भाषाको साहित्यिक पत्रिका प्रकाशन गरी उहाँले पहिलो पटक नेपालीभाषी पत्रिका प्रकाशन गरेको स्मरण गरेका थिए ।

नेपाली भाषा अध्यनरत विद्यार्थीहरुसंग अन्तरक्रियात्मक साहित्य संगोष्ठीमा सहभागी बालबालिकाले मोतीराम भट्ट बारे बाल सुलभ जिज्ञाशा राखेका थिए ।

भट्टले प्रकाशन गर्नुभएको ‘गोरखा भारत जीवन’ पत्रिका नेपाली भाषाको पहिलो पत्रिकाको रूपमा चित्रण गरिन्छ । भट्टको वि.सं. १९२३ भदौ २५ गते कुसेऔंसीका दिन जन्म भएको थियो ।

१६० औँ मोती जयन्तीको अवसरमा छन्दका कविता वाचन गरेर कवि प्रकाश पाण्डे र मिलन न्यौपाने सहभागीको मन जितेका थिए ।

नेपाली अमेरिकनको अभिभावक वेदभक्त जोशीकोको प्रमुख आतिथ्यता, श्री पशुपतिनाथ बुद्ध मन्दिरका अध्यक्ष बिमल श्रेष्ठको विशेष आतिथ्यता र साहित्य समाजका अध्यक्ष मोहन निउरे शर्माको सभापतित्वमा आयोजित संगोष्ठी सचिव केसी श्रेष्ठले संयोजन गर्नु भएको थियो ।

  himalayanvoice.com | ९ भाद्र २०८२, सोमबार २२:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online