ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

लस एन्जलसमा ५ हजार अबैध आप्रवासी पक्राउ गरेको होमल्याण्ड सेक्रेटरी नोएमको दावी लस एन्जलसमा कागज पत्र बिहिन आप्रवासी पक्राउ गर्ने क्रममा सीमा गस्ती र आइस एजेन्टहरुले उनीहरू विरुद्ध दंगा र आक्रमणको सामना गर्नु परेको थियो ।

लस-एन्जलस । अमेरिकी गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले अमेरिकी सीमा गस्ती र अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले जुन महिनादेखि लस एन्जलस, क्यालिफोर्नियामा ५ हजार कागज पत्र बिहिन आप्रवासी पक्राउ गरेको दावी गरेकी छिन् ।

क्रिस्टी नोएमका अनुसार हिंसात्मक दंगाकारी र आश्रय राजनीतिज्ञहरूले कानून प्रवर्तन अधिकारीहरूलाई धम्की दिए र कानून लागू गर्नबाट अवरोध पुर्‍याउने प्रयास गरे पनि, आइस र सीमा गस्तीले गैरकानूनी आप्रवासीहरूलाई हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिवद्धता पूरा गर्न आफ्नो अभियान जारी राखेका छन्।

“आज, डिएचएस कानून प्रवर्तनले लस एन्जलसमा ५,००० कागज पत्र बिहिन आप्रवासी गिरफ्तारी गरेको छ। त्यो ५,००० अवैध आप्रवासी, गिरोह सदस्य, बाल शिकारी र हत्याराहरूलाई हामीले सडकबाट हटाएका छौ । कुनै गल्ती नगर्नुहोस्: यदि तपाईं अमेरिकामा अवैध रूपमा हुनुहुन्छ भने, हामी तपाईंलाई फेला पार्नेछौं, तपाईंलाई पक्राउ गर्नेछौं र फिर्ता पठाउनेछौं। यो त सुरुवात मात्र हो,” सचिव क्रिस्टी नोएमले भनिन्।

मंगलबार, लस एन्जलसमा डिएचएसको ५,००० औं गिरफ्तारी मेक्सिकोबाट आएका अवैध आप्रवासी गुस्ताभो गार्सिया-मिरान्डा थिए । उनी पहिलो पटक २००८ मा अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए र अवैध रुपमा पुन: प्रवेशको लागि सीमा गस्तीले पक्राउ गरेको थियो।

सचिव नोएमले स्पष्ट पर्दै भनेकी छिन्, ‘एलए दंगाकारीहरूले डिएचएसलाई रोक्न सक्ने छैन । हाम्रो कानून प्रवर्तनले कानून लागू गर्न जारी राख्नेछ। र जो कोहीले कानून प्रवर्तन अधिकारीमाथि हात राख्छ, उसलाई कानूनको पूर्ण हदसम्म कारबाही गरिनेछ।’

 

  himalayanvoice.com | १० भाद्र २०८२, मंगलवार २१:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online