ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

सोमबार लस-एन्जलस शहरका एक दर्जन गैरकानूनी आप्रवासी पक्राउ सोमबार लस-एन्जलस शहरमा डिएचएसले १२ जना भन्दा बढी गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गरेको छ।

लस एन्जलस । अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) ले लस एन्जलस, क्यालिफोर्नियामा सोमबार १२ जना भन्दा बढी गैरकानूनी आप्रवासीहरू पक्राउ गरेको छ।

सोमबार होमल्याण्ड सेक्रेटरी क्रिस्टी नोएमले एक विज्ञप्ति जारी अमेरिकी सीमा गस्ती र अध्यागमन तथा भन्सार प्रवर्तन (आइसले) ले जुनदेखि क्यालिफोर्नियाको लस एन्जलसमा १२ जना भन्दा बढी गैरकानूनी आप्रवासीहरू पक्राउ गरेको पुष्टि गरेकी छिन् ।

हिंसात्मक दंगाकारीहरूले कानून प्रवर्तन अधिकारीहरूलाई अवरोध पुर्‍याउने प्रयास गरे अमेरिकी सीमा गस्ती र अध्यागमन तथा भन्सार प्रवर्तन (आइसले) ले १२ जना भन्दा बढी गैरकानूनी आप्रवासीहरू पक्राउ गरेको दावी गरेको हो ।

“डिएचएस कानून प्रवर्तनले लस एन्जलसमा ५,००० भन्दा बढी गिरफ्तार गरिसकेको छ। त्यो भनेको ५,००० भन्दा बढी अवैध आप्रवासी अमेरिकाबाट हटाइएको हो” सचिव नोएमले भनिन्। कुनै गल्ती नगर्नुहोस्: यदि तपाईं यहाँ अवैध रूपमा हुनुहुन्छ भने, हामी तपाईंलाई फेला पार्नेछौं, तपाईंलाई पक्राउ गर्नेछौं र फिर्ता पठाउनेछौं। यो त सुरुवात मात्र हो।”

सोमबार आइसले पक्राउ गरेका गैरकानूनी आप्रवासीहरूमा डिएगो फर्नान्डेज-मार्टिनेज, मेक्सिको, जुआन कार्लोस मारिन-हिपोलिटो, मेक्सिको,जेमी सारिनाना-रोड्रिगेज-मेक्सिको, योहानेस जेराई, इरिट्रिया, जस्टिन चुङ, दक्षिण कोरिया, क्वोक डंग फाम, भियतनामरहेका छन् ।

यसै गरि बो क्वोक फाम, भियतनाम, होङ जिङ, चीन, एडगर आइज्याक लोपेज, मेक्सिको जोएल बेन्जामिन रेयेस, एल साल्भाडोर र ओमार गुज्मान-रोड्रिगेज, मेक्सिको सहितका अवैध आप्रवासी आइसले पक्राउ गरेको छ ।

 

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार ११:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online