ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

छाउपडी बसेकी महिलाको ढुङ्गा लागेर मृत्यु अछाममा छाउगोठ भत्काउँदा महिनावारी भएकी महिलाहरू त्रिपाल मुनि र ओडारमा बस्न थालेका छन् ।

अछाम । अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक युवती र एक बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका ८ बारलामा ढुङ्गा खस्दा २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

यस्तै मङ्गलसेन नगरपालिका ६ कि रत्नकला भण्डारी घाइते हुनुभएको छ । उहाँको टाउकोमा गम्भीर चोट रहेको भन्दै उपचारका लागि नेपालगन्ज लिने तयारी गरिएको छ ।

गए राति स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा  त्रिपाल मुनि सुतेका तीन जनालाई माथिबाट खसेको ढुङ्गा लागेको हो । घटनास्थलमा प्रहरी पुगेको छ । अछाममा बिहीबारदेखि निरन्तर पानी भइरहेको छ ।

अछाममा छाउगोठ भत्काउँदा महिनावारी भएकी महिलाहरू त्रिपाल मुनि र ओडारमा बस्न थालेका छन् । महिनावारी भएका महिलाहरु घरमा नबस्ने, खानेकुरा र गाईबस्तु नछुने कुरालाई छाउपडी बार्नु भन्ने गरिएको छ ।

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार २३:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online