ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

छाउपडी बसेकी महिलाको ढुङ्गा लागेर मृत्यु अछाममा छाउगोठ भत्काउँदा महिनावारी भएकी महिलाहरू त्रिपाल मुनि र ओडारमा बस्न थालेका छन् ।

अछाम । अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक युवती र एक बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका ८ बारलामा ढुङ्गा खस्दा २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

यस्तै मङ्गलसेन नगरपालिका ६ कि रत्नकला भण्डारी घाइते हुनुभएको छ । उहाँको टाउकोमा गम्भीर चोट रहेको भन्दै उपचारका लागि नेपालगन्ज लिने तयारी गरिएको छ ।

गए राति स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा  त्रिपाल मुनि सुतेका तीन जनालाई माथिबाट खसेको ढुङ्गा लागेको हो । घटनास्थलमा प्रहरी पुगेको छ । अछाममा बिहीबारदेखि निरन्तर पानी भइरहेको छ ।

अछाममा छाउगोठ भत्काउँदा महिनावारी भएकी महिलाहरू त्रिपाल मुनि र ओडारमा बस्न थालेका छन् । महिनावारी भएका महिलाहरु घरमा नबस्ने, खानेकुरा र गाईबस्तु नछुने कुरालाई छाउपडी बार्नु भन्ने गरिएको छ ।

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार २३:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online