ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

सुदूरपश्चिममा गौराको रौनक: आज ‘नानी गौरा’ मनाइँदै आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ । साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।

बैतडी । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ । बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो बिहीबार पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो । 

आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ । साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ । बिरुडाले नै गौरादेवीको पूजाआजाका गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन छ ।

पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ ।
दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि शनिबार तेस्रो दिन सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोलि नै महिलाहरूले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ ।

तागाधारी पुरुषहरूले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । शुक्ल पक्षमा परेको गौरालाई उजेली र कृष्णपक्षमा परेको गौरालाई अँधेरी भन्ने चलन रहिआएको छ । यो वर्ष उजेली गौरा परेको छ । गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैतलगायत देउडा पनि खेलेर रमाइलो गर्ने गरिन्छ ।

  himalayanvoice.com | १३ भाद्र २०८२, शुक्रबार ०१:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online