ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय मुगुम कार्मारोङ गाउँपालिकाले पनि सो भू–भागलाई छुट्याएर नयाँ निकुञ्ज बनाउन माग गर्दै आएको थियो। उक्त निकुञ्ज गाउँपालिकाको वडा नं. १ मा पर्नेछ।

काठमाडौं । नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ।

वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

यसअघि विसं २०३२ सालमा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो।

करिब ५० वर्षपछि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको विशेष पहलमा दोस्रो राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय भएको हो।

छायाँनाथ राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रूपमा चिनिने भएको छ।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिब ९ सय ६ वर्गकिलोमिटर भू–भागलाई छुट्याएर छायाँनाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो।

स्थानीय बासिन्दाले कामको सिलसिलामा शे–फोक्सुण्डो निकुञ्ज आउजाउ गर्दा पैदलमार्गबाट एक साता समय खर्चिनुपर्ने समस्या समाधान गर्न मन्त्री शाहीले पहल गरेको जानकारी मन्त्री शाहीको सचिवालयले दिएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाले पनि सो भू–भागलाई छुट्याएर नयाँ निकुञ्ज बनाउन माग गर्दै आएको थियो। उक्त निकुञ्ज गाउँपालिकाको वडा नं. १ मा पर्नेछ।

यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या अब १३ पुगेको छ।

  himalayanvoice.com | १३ भाद्र २०८२, शुक्रबार ०९:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online