ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

मतदाता परिचयपत्र अनिवार्य गर्न कार्यकारी आदेश ल्याउने राष्ट्रपति ट्रम्पको घोषणा 'बिरामी पर्दा, देश बाहिर र टाढा खटिएका सुरक्षाकर्मी र सेनाबाहेक अन्यले हुलाकबाट मतदान गर्न पाउने छैनन् ।'

पुरुषोत्तम ढकाल, लस एन्जलस । राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिवार्य रूपमा हरेक मतदाताले परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका छन्। मतदाताले परिचयपत्र देखाउनुपर्ने व्यवस्थाका लागि कार्यकारी आदेश ल्याउने ट्रम्पले घोषणा गरेका हुन् । अमेरिकामा अहिले सम्म संघीय स्तरमा मतदाता परिचयपत्र जारी गरिएको छैन।

यस अघि सम्म निर्वाचन व्यवस्थापन राज्य सरकारहरूको अधिकार क्षेत्र भित्र पर्छ। त्यसैले कतिपय राज्यमा मत दिन परिचयपत्र देखाउनुपर्ने हुन्छ भने कतिपयमा चाहिँ यस्तो आवश्यकता छैन ।

सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै राष्ट्रपति ट्रंपले भने, ‘बिरामी पर्दा र देश बाहिर र टाढा खटिएका सुरक्षा कर्मी र सेनाबाहेक अन्यले हुलाकबाट मतदान गर्न पाउने छैनन् ।’

राष्ट्रपति ट्रंपले ट्रुथ सोसलमा भनेका छन्, ‘बिरामी पर्दा, देश बाहिर र टाढा खटिएका सुरक्षाकर्मी र सेनाबाहेक अन्यका लागि हुलाकमार्फत मतदान गर्न पाउने छैनन् ।’

राष्ट्रपति ट्रंपले  २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँगको हार व्यापक धाँधलीका कारण भएको दाबी गर्दै आएका छन्।

तर कानुनी रूपमा राष्ट्रपति वा संघीय सरकारलाई राज्यस्तरको निर्वाचन नियम बदल्ने संवैधानिक अधिकार छैन। त्यसैले ट्रम्पको कार्यकारी आदेशले मतदाता परिचय पत्र लागु गर्ने आदेशमा कति प्रभाव पार्छ भन्न सकिन्न ।

राष्ट्र ट्रम्पले विगतदेखि नै अपारदर्शी अमेरिकी निर्वाचन प्रणालीमाथि प्रश्न उठाउँदै आएका छन्।

  himalayanvoice.com | १६ भाद्र २०८२, सोमबार ०१:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online