ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

महाकाली नदीमा पानीको बहाव बढ्दै, बनबासा पुलमा सवारी साधन आवतजावत बन्द आज बिहान १० बजे नदीमा पानीको बहाव १ लाख २८ हजार ५६० क्युसेक पुगेको थियो भने दिउँसो पानीको बहाव बढ्दै गएर १ लाख ८२ हजार ५५५ क्युसेक पुगिसकेको छ ।

कञ्चनपुर । महाकाली नदीमा अविरल वर्षाका कारण पानीको बहाव लगातार बढ्दै गएको छ । आज बिहान १० बजे नदीमा पानीको बहाव १ लाख २८ हजार ५६० क्युसेक पुगेको थियो भने दिउँसो पानीको बहाव बढ्दै गएर १ लाख ८२ हजार ५५५ क्युसेक पुगिसकेको छ । यस कारण नेपाल भारत सिमानामा रहेको बनबासा पक्की पुलमा चार पाङ्ग्रे र तिन पाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बढ्दो बहावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र प्रहरीले यसबारे सचेतना जारी गरेका छन् । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी नजिक नजान सुरक्षा निकायहरूले अनुरोध गरेका छन् । महाकाली नदीको बहाव अझै बढ्ने सम्भावना रहेकोले सम्बन्धित निकायले सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

  himalayanvoice.com | १६ भाद्र २०८२, सोमबार १०:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online