ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत उहाँले नागरिकता विधेयकको यस संशोधनले आमाको नामबाट नागरिकता प्राप्तिलाई सुनिश्चित गर्नेगरी ऐतिहासिक प्रस्थान गरेको स्पष्ट पार्दै आमा वंश हो, आमाबाट पनि वंश कायम हुने र आमाकै नामबाट सन्तानले नागरिकता प्राप्त गर्न सक्छ भन्ने विषयलाई प्रत्याभूत गरेको बताउनुभयो ।

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी सभामा प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री लेखकले नागरिकता विधेयक नागरिकलाई सेवा प्रदान गर्ने र संवैधानिक हक सुनिश्चित गर्ने विषयसँग जोडिएको महत्वपूर्ण विधेयक भएको बताउनुभयो ।

उहाँले नागरिकता विधेयकको यस संशोधनले आमाको नामबाट नागरिकता प्राप्तिलाई सुनिश्चित गर्नेगरी ऐतिहासिक प्रस्थान गरेको स्पष्ट पार्दै आमा वंश हो, आमाबाट पनि वंश कायम हुने र आमाकै नामबाट सन्तानले नागरिकता प्राप्त गर्न सक्छ भन्ने विषयलाई प्रत्याभूत गरेको बताउनुभयो ।

विधेयकमाथिको छलफलमा सांसदहरुले आमाको नामबाट नागरिकता लिन पाउने र बाबुको नाम लेख्नैपर्ने बाध्यकारी व्यवस्था हटाइनु लैङ्गिक समानताका दृष्टिकोणले ऐतिहासिक कदम भएको बताउनुभयो ।

सांसदहरुले नागरिकता विधेयकले नागरिकता सम्बन्धी धेरै समस्या समाधान गर्ने, सबै नागरिकले नागरिकता पाउने विषय सुनिश्चित गरेको, विदेशमा जन्मिएका नेपाली आमाका सन्तानले पनि नागरिकता लिन पाउने व्यवस्था सुनिश्चित हुनु सकारात्मक भएको बताउनुभयो ।

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले जलस्रोत विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय भाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।

सभाको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाई समितिको रिक्त रहेको सभापति पदको निर्वाचन यही भदौ २० गते शुक्रवार गर्नेगरी तोकिएको उपसभामुख इन्दिरा रानाले सभामा जानकारी गराउनुभयो ।

उहाँले समितिको सभापति पदको निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिनुभयो ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रस्तुत गर्नुभएको नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफल जारी रहेको छ ।

  himalayanvoice.com | १८ भाद्र २०८२, बुधबार १०:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online