ट्रेण्डिङ्ग:
|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै

शुक्रबार ५ जना कागजपत्र बिहिन आप्रवासीहरू पक्राउ उपसचिव नोएमका अनुसार आइसले देशभरबाट विभिन्न अपराधमा आरोपित कागजपत्र बिहिन आप्रवासीहरूलाई हटाउँदैछ।

लस एन्जलस ।  शुक्रबार, अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस)ले ५ जना विभिन अपराधमा आरोपित कागजपत्र बिहिन आप्रवासीहरू पक्राउ गरेको छ ।

आइसका एजेन्टहरूले ठूला शहरहरूमा विनाश मच्चाइरहेका विभिन्न अपराधमा आरोपित कागजपत्र बिहिन आप्रवासीहरूलाई लक्षित गर्दै चलाएको अभियान जारी राखेका छन्।

डिएचएस प्रवक्ताले भने, ‘शुक्रबार राती आइसले ह्युस्टन, न्यूयोर्क शहर, साल्ट लेक सिटी, सान डिएगो र एटलान्टा लगायत देशभरका विभिन्न अपराधमा आरोपित कागजपत्र बिहिन आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान जारी राखेको थियो । आपराधिक अवैध आप्रवासीहरूका लागि कतै पनि सुरक्षित आश्रय छैन। यदि तपाईं गैरकानूनी रूपमा अमेरिका आउनुभयो र कानून तोड्नुभयो भने, हामी तपाईंलाई पक्राउ गर्नेछौं, तपाईंलाई देश निकाला गर्नेछौं ।’

शुक्रबार पक्राउ परेका विभिन्न अपराधमा आरोपित कागजपत्र बिहिन आप्रवासीहरू इरानका हुसेन शरिफी, भियतनामका मिन्ह फान, सुडानका आदम अहमद, ग्वाटेमालाका एलिसियो पेरेज-एस्क्विवेल र मेक्सिकोका अगस्टिन मार्टिनेज जुनियर रहेका छन् ।

  himalayanvoice.com | २२ भाद्र २०८२, आईतवार १०:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online