ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

जनजीवन सामान्य बन्दै शनिबार नै निजी विद्यालयहरूको संस्था प्याब्सन, एनप्याब्सनलगायतले आफू अनुकूल हुने गरी आइतबारदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेका छन् । प्याब्सनका महासचिव आरबी कटवालले असहज रहेको स्थानका स्कुलहरू भने क्रमशः खुल्दै जाने बताउनुभयो ।

काठमाडौँ । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्तिसँगै उपत्यकाको जनजीवन सामान्य हुँदै गएको छ । उपत्यकाका तीन वटै जिल्लामा यसअघि जारी गरिएको कफ्र्यु तथा निषेधाज्ञा आदेश शनिबारदेखि नै हटेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गरेर पछिल्लो सुरक्षा अवस्था सामान्य बन्दै गएकाले दुवै आदेश हाललाई स्थगित गरिएको जनाएका छन् ।

कफ्र्यु र निषेधाज्ञा हटेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । बजार क्षेत्रका पसलहरू शनिबारको दिन पनि खुलेका छन् । दसैँ नजिकिएका कारण पनि बजारमा चहलपहल बढ्न थालेको हो तर सडकमा सार्वजनिक सवारी साधनहरू भने शनिबार पनि गुडेनन् ।

विद्यालय आइतबारदेखि खुल्ने

सुरक्षा अवस्था सामान्य बनेपछि शिक्षण संस्थाहरू पनि आइतबारदेखि नै खुल्ने भएका छन् । अधिकांश निजी शिक्षण संस्थाहरू आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन गर्ने सूचना विद्यालय सञ्चालकले अभिभावकलाई दिएका छन् ।

शनिबार नै निजी विद्यालयहरूको संस्था प्याब्सन, एनप्याब्सनलगायतले आफू अनुकूल हुने गरी आइतबारदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेका छन् । प्याब्सनका महासचिव आरबी कटवालले असहज रहेको स्थानका स्कुलहरू भने क्रमशः खुल्दै जाने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले भने आइतबार शिक्षक कर्मचारी मात्रै विद्यालयमा उपस्थित हुने तर विद्यार्थीलाई नबोलाउने निर्णय गरेको छ । यस दिन विद्यालय सरसफाइ तथा पढ्ने वातावरण निर्माण गर्न महानगरपालिकाले विद्यालयलाई अनुरोध गरेको छ । सोमबारदेखि भने विद्यार्थीलाई बोलाएर मनोपरामर्श दिने र अभिभावकको चाहना अनुसार पढाइ सञ्चालन गरिने महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो ।

दसैँ नजिकिँदै आएका कारण अहिले अधिकांश विद्यालयले असोज १ गतेदेखि पहिलो त्रैमासिक परीक्षाको तालिका सार्वजनिक गरिसकेका छन् तर त्रिभुवन विश्वविद्यालयलगायत उच्च शिक्षाप्रदायक अन्य संस्थाहरूले भने प्रशासनिकबाहेकका अन्य शैक्षिक क्रियाकलाप छठपछि मात्रै सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

 

  himalayanvoice.com | २९ भाद्र २०८२, आईतवार ००:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online