ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

‘मुटुका कुरा’ विमोचन

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीद्वारा लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक बाथ मुटुरोग र जन्मजात मुटुरोग लागेर ओपन हार्ट सर्जरी गरी निको भएका दुई बालबालिका विशाल गजमेर र कल्पना तामाङको हातबाट विमोचन गरिएको थियो ।

विश्व मुटु दिवसको सन्दर्भमा नेपाल एनसिडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा भएको विशेष समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीले उक्त पुस्तकले मुटु रोगबारे व्यापक जनचेतना जागृत गराउने जानकारी दिनुभयो । उहाँले आफ्नो अध्ययन, कार्य अनुभव र सेवाग्राहीका समस्या तथा सुझावसमेतका आधारमा ‘मुटुका कुरा’ पुस्तक तयार गरिएको जानकारी दिनुभयो । डा. रेग्मीले भन्नुभयो, “पुस्तकका सामग्री पाठकलाई रोचक र लाभदायी हुने छ ।” उहाँले पुस्तकले आमपाठक, बिरामी र तिनका आफन्तलाई मुटु स्वस्थ राख्नका लागि खानपान तथा जीवनशैलीमा कसरी ध्यान दिने भन्ने बारेमा सरल ढङ्गले उल्लेख गरिएको बताउनुभयो ।

पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तकमा मानिसको दैनिक जीवनमा उपभोग गरिने खाद्य पदार्थहरू अन्डा, घिउ, चिया, कफी, दुध, नुन, पानी, तेल, चामल, चिनी, खुर्सानी, जङ्क फुड, रक्सी, धूमपान, रक्सी र औषधीको अन्तव्रिर्mयालगायत स्वास्थ्यका ६१ वटा शीर्षकका सामग्री प्रकाशित गरिएको बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती, लेखक तथा पत्रकार श्रीरामसिंह बस्नेतले पुस्तकमाथि समीक्षा गर्नुभएको थियो । डा. रेग्मीले पुस्तकको बिव्रmीबाट प्राप्त रकम मुटुरोग रोकथामका लागि उपयोग गरिने जानकारी दिनुभयो ।

  himalayanvoice.com | १० आश्विन २०८२, शुक्रबार २२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online