ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

‘मुटुका कुरा’ विमोचन

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीद्वारा लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक बाथ मुटुरोग र जन्मजात मुटुरोग लागेर ओपन हार्ट सर्जरी गरी निको भएका दुई बालबालिका विशाल गजमेर र कल्पना तामाङको हातबाट विमोचन गरिएको थियो ।

विश्व मुटु दिवसको सन्दर्भमा नेपाल एनसिडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा भएको विशेष समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीले उक्त पुस्तकले मुटु रोगबारे व्यापक जनचेतना जागृत गराउने जानकारी दिनुभयो । उहाँले आफ्नो अध्ययन, कार्य अनुभव र सेवाग्राहीका समस्या तथा सुझावसमेतका आधारमा ‘मुटुका कुरा’ पुस्तक तयार गरिएको जानकारी दिनुभयो । डा. रेग्मीले भन्नुभयो, “पुस्तकका सामग्री पाठकलाई रोचक र लाभदायी हुने छ ।” उहाँले पुस्तकले आमपाठक, बिरामी र तिनका आफन्तलाई मुटु स्वस्थ राख्नका लागि खानपान तथा जीवनशैलीमा कसरी ध्यान दिने भन्ने बारेमा सरल ढङ्गले उल्लेख गरिएको बताउनुभयो ।

पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तकमा मानिसको दैनिक जीवनमा उपभोग गरिने खाद्य पदार्थहरू अन्डा, घिउ, चिया, कफी, दुध, नुन, पानी, तेल, चामल, चिनी, खुर्सानी, जङ्क फुड, रक्सी, धूमपान, रक्सी र औषधीको अन्तव्रिर्mयालगायत स्वास्थ्यका ६१ वटा शीर्षकका सामग्री प्रकाशित गरिएको बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती, लेखक तथा पत्रकार श्रीरामसिंह बस्नेतले पुस्तकमाथि समीक्षा गर्नुभएको थियो । डा. रेग्मीले पुस्तकको बिव्रmीबाट प्राप्त रकम मुटुरोग रोकथामका लागि उपयोग गरिने जानकारी दिनुभयो ।

  himalayanvoice.com | १० आश्विन २०८२, शुक्रबार २२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online