ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘भयानक’ भन्दै ‘संयुक्त राज्य अमेरिकामा इसाईमाथि भएको अर्को लक्षित आक्रमण’ को संज्ञा दिनु भएको छ । उहाँले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत लेख्नुभयो, “हाम्रो देशमा हिंसाको यो प्रकोप तुरुन्तै अन्त्य हुनुपर्छ !”

ग्रान्ड ब्लाङ्क । मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’को दुः खद उदाहरण भन्नुभएको छ ।

स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले पहिले आफ्नै गाडी चर्च भवनमा ठोक्काए, त्यसपछि भवनमा आगो लगाउँदै आक्रमणकारी राइफलले अन्धाधुन्ध गोली चलाए । आपतकालीन कल आएको आठ मिनेटमै प्रहरी पुगेको थियो र पार्किङ क्षेत्रमै आक्रमणकारीलाई मारेको ग्रान्ड ब्लाङ्कका प्रहरी प्रमुख विलियम रेनीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

रेनीका अनुसार सुरुमा दुई मृतक पुष्टि भए पनि, पछि जलेको भग्नावशेषभित्र थप दुई शव भेटिएका छन् । खोज तथा उद्धार कार्य अझै जारी छ । उहाँले आठ जना घाइते भएको पुष्टि गर्नुभयो, जसमा एक जनाको अवस्था गम्भीर छ । प्रहरीले आक्रमणकारीको पहिचान ४० वर्षीय थोमस ज्याकब सानफोर्डका रूपमा गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमले उनलाई सो क्षेत्रमै हुर्किएको र सैन्य सेवामा संलग्न भइसकेको व्यक्ति बताएका छन् । आक्रमणपछि चर्च अफ जीसस क्राइस्ट अफ लेटर-डे सेन्ट्स (मोर्मोन चर्च)को अधिकांश भवन खरानी बनेको छ । तस्बिरमा आक्रमणकारीले ट्रक भवनतर्फ चलाएको देखिन्छ, जसको पछाडि दुई वटा अमेरिकी झण्डा झुण्ड्याइएका थिए ।

एफबिआईका विशेष एजेन्ट रुबेन कोलम्यानले पत्रकार सम्मेलनमा भन्नुभयो, “एफबिआईले अनुसन्धानको नेतृत्व गरिरहेको छ । यसलाई हामी लक्षित हिंसाको कार्यका रूपमा हेरेका छौँ ।” रेनीका अनुसार आक्रमणको समयमा चर्चभित्र सयौँ मानिस उपस्थित थिए, जसले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सङ्केत गरेको छ ।

राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘भयानक’ भन्दै ‘संयुक्त राज्य अमेरिकामा इसाईमाथि भएको अर्को लक्षित आक्रमण’ को संज्ञा दिनु भएको छ । उहाँले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत लेख्नुभयो, “हाम्रो देशमा हिंसाको यो प्रकोप तुरुन्तै अन्त्य हुनुपर्छ !”

-हिंसाको महामारी-

मोर्मोन चर्चले पनि विज्ञप्ति जारी गर्दै यसलाई ‘हिंसाको दुखद कार्य’ बताएको छ । “पूजास्थल शान्ति, प्रार्थना र सम्बन्धका पुण्य स्थान हुन् । हामी यस घटनाबाट पीडित सबैका लागि शान्ति र चाँडो स्वास्थ्य लाभको प्रार्थना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । सन् १८३० मा स्थापित मोर्मोन चर्च विश्वभर लाखौँ अनुयायीसहित पश्चिमी अमेरिकी राज्य युटाहमा केन्द्रित छ ।

यसका अनुयायीले आफूलाई इसाई समुदायको हिस्सा माने पनि, यसको सिद्धान्त मोर्मोनको पुस्तकमा आधारित छ । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा लामो समयदेखि गम्भीर चुनौती बनेको छ । पछिल्ला हप्तामा युटाहमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको हत्या, टेक्सासको सङ्घीय अध्यागमन प्रवर्तन केन्द्रमा गोलीकाण्ड र मिनेसोटाको क्याथोलिक चर्च तथा विद्यालयमा भएको सामूहिक गोलीबारी जस्ता घटनाले सार्वजनिक चिन्ता बढाएको छ ।

पछिल्लो आक्रमणसँगै राजनीतिक विभाजन झन् गहिरो बनेको छ । राष्ट्रपति ट्रम्पले वामपन्थी समूहहरूलाई लक्षित गर्दै ‘घरेलु आतङ्कवादी’ का रूपमा आरोप लगाउनु भएको छ र त्यसविरुद्ध कडा अभियान सुरु गर्नु भएको छ ।

  himalayanvoice.com | १३ आश्विन २०८२, सोमबार १२:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online