ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

आइसको एक हप्ता लामो अपरेशनमा मध्य फ्लोरिडाका ४०० भन्दा बढी अवैध आप्रवासीहरू पक्राउ पक्राउ परेका आपराधिक मनोवृत्तिका गैरकानूनी आप्रवासीहरूमा बाल यौन दुव्र्यवहार गर्ने, घरेलु दुर्व्यवहार गर्ने, लागूपदार्थ प्रयोगकर्ता र मादक पदार्थ सेवन गर्ने सवारी चालकहरू रहेका छन्।

वासिङ्टन । अमेरिकी भन्सार तथा सीमा सुरक्षा र फ्लोरिडा राजमार्ग गस्ती, पोल्क काउन्टी शेरिफको कार्यालय, ब्रेभार्ड काउन्टी शेरिफको कार्यालय, फ्लोरिडा राष्ट्रिय गार्ड, र अन्य साझेदारहरूसँग मिलेर अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) मियामी अपरेशनले मध्य फ्लोरिडामा ४०० भन्दा बढी अवैध आप्रवासीहरूलाई पक्राउ गरेको डीएचएसले पुष्टि गरेको छ ।

डीएचएसद्वारा जारि विज्ञप्ति अनुसार सेप्टेम्बर २२-२६, २०२५ मा सञ्चालन गरिएको यो अपरेशनले उद्धेश्य आपराधिक वारेन्ट भएका आपराधिक अवैध आप्रवासीहरू र निर्वासनको अधीनमा रहेका अवैध आप्रवासीहरूलाई लक्षित गरिएको थियो ।

डीएचएसका अनुसार आपराधिक अवैध आप्रवासीहरूलाई हटाउनमा ध्यान केन्द्रित गरेर देशभरका समुदायहरूमा सार्वजनिक सुरक्षा पुनर्स्थापित गर्ने ट्रम्प प्रशासनको व्यापक प्रयासको एउटा अंश हो।

सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले भनिन्, ‘फ्लोरिडा राज्य र स्थानीय साझेदारहरूसँग मिलेर गरिएको यस अपरेशनको परिणामस्वरूप ४०० भन्दा बढी अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको छ जसमा अश्लील र कामुक व्यवहार, कुटपिट, घरेलु हिंसा, वेश्यावृत्ति, सवारी साधन चोरी, हिट एण्ड रन, र मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोप र दोषी ठहरिएकाहरू समावेश छन्।’

पक्राउ परेका अधिकांस दक्षिण अमेरिकी मुलका हिस्पानिक समुदायका सदस्य रहेका छन् ।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार २२:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online