ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘साहित्य सन्ध्या– गोविन्द भट्ट स्मृति पुरस्कार प्रदान

काठमाडौँ । समालोचक प्राडा वासुदेव त्रिपाठीलाई ‘साहित्य सन्ध्या– गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । साहित्य सन्ध्याद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले ५० हजार रुपियाँ राशिको सो पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कारको व्यवस्था नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभएको हो ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राडा हेमनाथ पौडेलले समालोचक गोविन्द भट्टको चिनारी प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै स्रष्टा चयन समितिका तर्फबाट प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ ले प्राडा वासुदेव त्रिपाठीको चयन र उहाँको व्यक्तित्व तथा कृतित्वमाथि चर्चा गर्नुभएको थियो । कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक जगत उपाध्यायले पुरस्कृत व्यक्तित्व प्राडा त्रिपाठीको व्यक्तित्व, कृति र योगदानबारे चर्चा गर्नुभएको थियो ।

विसं १९९९ चैत १३ मा तनहुँ जिल्लाको चुँदीरम्घामा जन्मिनुभएका प्राडा त्रिपाठी समालोचक, कवि, निबन्धकार, भाषाविद्, अनुवादक, सम्पादकका रूपमा परिचित हुनुहुन्छ । विशिष्ट समालोचक, कवि/महाकवि, निबन्धकार, भाषाविद्, समाजसेवी, दीर्घ शिक्षासेवी, अनुवादक र सम्पादक आदि अनेक व्यक्तित्वका रूपमा स्थापित त्रिपाठीका नेपाली कविताको सिंहावलोकन, विचरण, पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, भाग १ र भाग २ साहित्यकार पहलमानसिंह स्वाँरको पुनर्मूल्याङ्कन, लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन, साहित्यकार झपटबहादुर राणाको जीवनीको एक झलक प्रकाशित छन् ।

त्यसै गरी नेपाली कविता, भाग १, २ र ४, सम्पादन एवं अधिक समालोचनात्मक अंशको लेखन, नेपाली साहित्य शृङ्खला, भाग र १ र २ को विशद समीक्षात्मक लेखन, सम्पादन, साहित्य सिद्धान्त : शोध तथा सिर्जन विधिलगायतका समालोचनात्मक ग्रन्थहरू प्रकाशित छन् । उहाँका काव्यकविता र गीततर्फ उहाँका तीन थुँगा काव्यसङ्ग्रह, देशको महिमा खण्डकाव्य, नवपल्लव गीत सङ्ग्रह, सम्झनाकुञ्ज कविता, काव्य र गीतिसङ्ग्रह जीवन निकुञ्जलगायतका प्रकाशित छन् । उहाँले भाषा व्याकरण र कोशतर्फ नेपाली तत्सम संस्कृत शब्दको वर्णविन्यास नियम, अनिवार्य नेपाली शिक्षण निर्देशन (सहलेखन, निम्न माध्यमिक र माध्यमिक नेपाली व्याकरण र रचनाको लेखनका साथै नेपाली बृहत् शब्दकोशको विशेष सम्पादन गरेरसमेत विशिष्ट योगदान पुर्याउनु भएको छ ।

  himalayanvoice.com | २६ आश्विन २०८२, आईतवार १४:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online