ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

माओवादी केन्द्रसँग पार्टी एकता संगै नेकपा एकीकृत समाजवादी विघटन हुदै शुक्रबार केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि त्यसमा असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताले शनिबार छुट्टै भेला गर्नुभएको छ ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णयले नेकपा एकीकृत समाजवादी नेकपा (एस) विघटनको सँघारमा पुगेको छ । नेकपा (एस)सँगै माओवादी केन्द्रमा पनि एकता प्रक्रिया नै स्थगनको माग गरिएको छ ।

नेकपा (एमाले) बाट चार वर्षअघि विद्रोह गरेर नेकपा (एस) पार्टी स्थापना भएको थियो । शुक्रबार केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि त्यसमा असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताले शनिबार छुट्टै भेला गर्नुभएको छ ।

एमालेसँगको विद्रोहमा निर्वाचन आयोगमा केन्द्रीय समिति र सङ्घीय संसदीय दल दुवैमा २० प्रतिशतभन्दा बढीको हस्ताक्षरसहित आफ्नो आवेदनको पुष्टि गर्दा २ भदौ २०७८ मा नेकपा (एस) ले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसपछि निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गरेर सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहभागी भएको थियो । तीन दिनसम्म चलेको नेकपा (एस) केन्द्रीय कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय विवादमा परेको छ । माओवादीले पनि सहजै एकता स्विकारेको छैन । नेकपा (एस) का जिल्लादेखि केन्द्रीय नेता एमालेमा प्रवेश गरिरहेका छन् ।

शुक्रबार नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल पक्षधरले बहुमतका आधारमा केन्द्रीय कमिटीमार्फत माओवादीसँग एकताको निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै शनिबार काठमाडौँ सुकेधारामा भेला आयोजना गरेको हो । सो भेलाको उद्देश्य नै एकता नगर्ने र नेकपा (एस) कै पुनर्संरचना गर्नेमा केन्द्रित थियो । यसले नेकपा (एस) विभाजनको सँघारमा पुगेको स्पष्ट देखिन्छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा आफू एमालेमा नफर्किने स्पष्ट पार्नुभएको थियो ।

शनिबारको भेलाको नेतृत्वकर्ता नेकपा (एस)का महासचिव घनश्याम भुसालले एक दलसँग भन्दा पनि वैकल्पिक वामपन्थी एकता नै अहिलेको आवश्यकता रहेको बताउनुभयो । कुनै दलसँगको एकता नमान्ने र नेकपा (एस) कै निरन्तरताका बारेमा छलफल सुरु गरिएको दाबी उहाँले गर्नुभयो । पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा नेकपा (एस) का अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अगाडि बढाएर बलियो कम्युनिस्ट शक्ति बनाउने अभियानमा रहेको दाबी गर्नुहुन्छ । उहाँले केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको र पार्टी सोही अनुसार अघि बढ्ने बताउनुभयो ।

  himalayanvoice.com | १६ कार्तिक २०८२, शनिबार २१:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online