ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो एक बजे बस्दैछ। बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्ने एजेन्डामा मुख्य छलफल हुने भएको छ।

महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा पार्टीभित्र मतभेद जारी छ।

संस्थापन पक्षका विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. प्रकाशशरण महत लगायत नेताहरूले चुनावअघि महाधिवेशन गर्न नसकिने अडान लिनुभएकाे छ। उहाँहरूका अनुसार निर्वाचन तयारीलाई प्राथमिकता दिनुपर्छ र महाधिवेशन वैशाखमा गर्न उपयुक्त हुन्छ।

तर, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला पक्षले अहिलेको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै महाधिवेशन मंसिर वा पुसमै गर्नुपर्ने माग दोहोर्याउदै आइरहनु भइरहेकाे छ।

संस्थापन पक्षले भने विशेष महाधिवेशनको प्रस्तावसमेत अस्वीकार गरेको छ।

  himalayanvoice.com | १८ कार्तिक २०८२, सोमबार २३:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online