ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो एक बजे बस्दैछ। बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्ने एजेन्डामा मुख्य छलफल हुने भएको छ।

महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा पार्टीभित्र मतभेद जारी छ।

संस्थापन पक्षका विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. प्रकाशशरण महत लगायत नेताहरूले चुनावअघि महाधिवेशन गर्न नसकिने अडान लिनुभएकाे छ। उहाँहरूका अनुसार निर्वाचन तयारीलाई प्राथमिकता दिनुपर्छ र महाधिवेशन वैशाखमा गर्न उपयुक्त हुन्छ।

तर, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला पक्षले अहिलेको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै महाधिवेशन मंसिर वा पुसमै गर्नुपर्ने माग दोहोर्याउदै आइरहनु भइरहेकाे छ।

संस्थापन पक्षले भने विशेष महाधिवेशनको प्रस्तावसमेत अस्वीकार गरेको छ।

  himalayanvoice.com | १८ कार्तिक २०८२, सोमबार २३:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online