ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

चिसोमा खेल्दा केही गाह्रो भयो, पहिलो जितबाट खुसी छौँ : करण

काठमाडौँ । काठमान्डु गोर्खाजका कप्तान करण केसीले नेपाल प्रिमिर लिग (एनपिएल) को पहिलो खेलमा जित निकाल्दा टोलीमा खुसी छाएको बताउनुभएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको उद्घाटन खेलमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्ष मोन्टी देसाईको प्रशिक्षणमा रहेको काडमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटको लज्जासपद हार चखायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरको ब्याटिङ कमजोर बन्दा काठमान्डुले एक सय ३१ रनको मध्यम लक्ष्य पाएको थियो । जसमा काठमान्डुले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

जनकपुरको ब्याटिङ कमजोर बनाउन काठमान्डुको स्पीनर हाबी बनेको थियो । खेलपछि काठमान्डुका कप्तान केसीले टियु मैदानमा हजारौँदर्शकबिच डे नाइट खेल खेल्न पाउनु उत्कृष्ट क्षण भएको बताउनुभयो ।

“पहिलो पटक फ्लडलाइटको यस्तो माहोलमा खेल्न पाएका छौँ । चिसोमा खेल्न केही गाह्रो त भयो । पहिलो जितले झनै खुसी मिलेको छ । आज स्पीनरले राम्रो गरेको कारण जित्न सहज भयो । घरेलु र विदेशी खेलाडीबिच तालमेल पनि मिल्यो । त्रवि मैदान कहिले ब्याटिङ विकेट र कहिले बलिङ विकेट हुने गर्दछ । तर, हामी जितको लयलाई निरन्तरता दिएर अगाडि बढ्नेछौँ,” करणले भन्नुभयो ।

  himalayanvoice.com | २ मंसिर २०८२, सोमबार ११:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online