ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाबारे नेपाली काँग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् ।

काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्ष पुगेका थिए ।

काँग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए । ‘अनौपचारिक भेटघाट हो । चिया–कफी खाँउ भनेर गएका थियौँ । अनौपचारिक कुराकानी भयो । संसद् पुनर्स्थापनाबारे पनि कुराकानी भयो । आगामी निर्वाचन हुन्छ कि हुँदैन ! यस्तै चिया गफ,’ घिमिरेले भने ।

घिमिरेले आफू प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताएका छन्। ‘म संसद् पुनर्स्थापनाकै पक्षमा हो । संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ भन्ने हो । यसका लागि संसद् पुनर्स्थापना हुनुपर्छ,’ उनले भने ।

गत २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । आगामी २१ फागुनका लागि चुनावको मिति तय भएको छ । निर्वाचन तयारी अन्तर्गत निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । आगामी ६ माघमा उम्मेदवारी दर्ताको समय छ ।

यता निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय सुरु भएको छ । आजदेखि यही १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय सीमा छ ।

  himalayanvoice.com | २ मंसिर २०८२, सोमबार १२:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online