ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

बारामा एमाले र जेनजी भिडन्त: जितपुर र सिमरामा कर्फ्यु नेकपा एमालेका कार्यकर्ताले स्थानिय युवालाई कुटपिट गरेपछि सुरु भएको भिडन्तले यो रुप लिएको हो ।

 

बारा । नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ ।

बाराको जीतपुर र सिमरा उपमहानगरपालिका क्षेत्रमा स्थिति तनावपूर्ण हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १२ः३० बजेदेखि कफ्र्यू आदेश जारी गरेको छ । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् ।

बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेत सहितको टोली बारा आउने क्रम झडपका कारण रोकिएको छ । नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको थियो ।

सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षा जोखिम रोक्न कर्फ्यु लगाइएको बारा प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम आज २०८२-०८-०३ गते दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कफ्र्यू लागू हुनेछ । कफ्र्यू अवधिभर तोकिएको क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायत कुनै पनि गतिविधि पूर्णरूपमा निषेध गरिएको छ ।

नेकपा एमालेका कार्यकर्ताले स्थानिय युवालाई कुटपिट गरेपछि सुरु भएको भिडन्तले यो रुप लिएको हो ।

यस अघि मधेश प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्देशनमा भएको मुख्यमन्त्री नियुक्तिले मधेश आक्रोशित छ ।

  himalayanvoice.com | ४ मंसिर २०८२, बुधबार ०३:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online