ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

विराटनगरको लगातार दोस्रो जित : काठमाण्डु पाँच विकेटले पराजित यो जितसँगै दुई खेल खेलेको विराटनगरले चार अंक जोडेको छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । 

शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले दोस्रो जित दर्ता गरेको हो । सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर १ बलमा पूरा गरेको हो । काठमाण्डुले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।  उसका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाउनुभयो ।

जवाफी ब्याटिङ गरेको विराटनगरले १७ ओभर एक बलमा १३५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा भेट्टाएको हो । विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाउनुभयो।

काठमाण्डुका लागि साहब आलमले दुई विकेट हात पार्दा करण केसी, सन्तोष यादव र गेरहार्ड इरास्मसले एकएक विकेट हात पर्नुभयो ।

यो जितसँगै दुई खेल खेलेको विराटनगरले चार अंक जोडेको छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।

काठमाण्डुले भने लगातार दोस्रो हारको सामना गरेको छ । उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पाँच विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

  himalayanvoice.com | ७ मंसिर २०८२, शनिबार १०:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online