ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

विराटनगरको लगातार दोस्रो जित : काठमाण्डु पाँच विकेटले पराजित यो जितसँगै दुई खेल खेलेको विराटनगरले चार अंक जोडेको छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । 

शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले दोस्रो जित दर्ता गरेको हो । सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर १ बलमा पूरा गरेको हो । काठमाण्डुले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।  उसका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाउनुभयो ।

जवाफी ब्याटिङ गरेको विराटनगरले १७ ओभर एक बलमा १३५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा भेट्टाएको हो । विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाउनुभयो।

काठमाण्डुका लागि साहब आलमले दुई विकेट हात पार्दा करण केसी, सन्तोष यादव र गेरहार्ड इरास्मसले एकएक विकेट हात पर्नुभयो ।

यो जितसँगै दुई खेल खेलेको विराटनगरले चार अंक जोडेको छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।

काठमाण्डुले भने लगातार दोस्रो हारको सामना गरेको छ । उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पाँच विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

  himalayanvoice.com | ७ मंसिर २०८२, शनिबार १०:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online