ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी

सङ्खुवासभा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गर्नुभएको छ । 

आज यहाँको खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा उहाँले विगतका वर्षमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताउनुभयो ।

अध्यक्ष साम्पाङले पार्टीले त्यही विकल्पका रूपमा अघि बढिरहेकाले पार्टीले जनसमर्थनसहित उल्लेख्य सफलता हासिल गर्ने जिकिर गर्नुभयो ।

आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री पद्धतिको पक्षमा रहेको बताउँदै उहाँले भ्रष्टाचारविरुद्ध कठोर नीति अपनाउने बताउनुभयो । “भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिइने छैन । हाम्रो सरकार सुशासन, पारदर्शिता र मितव्ययितामा आधारित हुनेछ”, अध्यक्ष साम्पाङले भन्नुभयो,“उत्पादन र निर्माणलाई प्राथमिकतामा राखेर देश आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य पार्टीले लिएको छ । उत्पादनमा वृद्धि गर्न नसक्दा ठुलो सङ्ख्यामा नेपाली बेरोजगार बन्नु परेको पीडा हामीलाई थाहा छ ।”

उहाँले गाउँ गाउँमा सङ्गठन बलियो बनाउँदै सामाजिक र आर्थिक रूपान्तरणमा जुट्ने बताउनुभयो ।

  himalayanvoice.com | १४ मंसिर २०८२, शनिबार १२:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online