ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

ददिन पाण्डेको अध्यक्षतामा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना नयाँ कार्यसमिति चयन

नर्थ क्यारोलाइना। ददिन पाण्डेको अध्यक्षतामा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को मंगलवार नयाँ कार्यसमिति गठन भएको छ । एनसीएनसी नर्थ क्यारोलाइनास्थित नेपालीहरुको सर्वाधिक ठूलो संस्था हो । नवगठित कार्यसमितिको कार्यकाल दुइ वर्ष (२०२६–२०२७) रहनेछ ।

कार्यसमितिका सम्पूर्ण पदाधिकारीको चयन सर्वसम्मत रुपमा भएको एनसीएनसी निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. युवराज कँडेल, उपाध्यक्षमा ईश्वरी ढकाल र महासचिवमा डा. अञ्जु गिरी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, संस्थाको सहसचिवमा सुष्मा केसी र कोषाध्यक्षमा अभिषेक पोखरेल निर्वाचित हुनुभएको छ । संस्थाको कार्यसमिति सदस्यमा गीता बस्नेत, दिवाकर जैसवाल, निरज अधिकारी, सुमन गौतम र शेलेष्टा न्याछ्योन सर्वसम्मत नियुक्त हुनुभएको छ । नवगठित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोह भने डिसेम्वर २८ मा आयोजना हुनेछ ।

स्वास्थ्य बीमा प्रदायक संस्थामा वरिष्ठ लेखा विशेषज्ञका रुपमा कार्य गरिरहनु भएका नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपाली समाजलाई अझ मजबुत र एकजुट बनाएर अगाडि बढाउन आफू हरतरहले लाग्ने विश्वास व्यक्त गर्दै स्थानीय सिनेटरहरुसँग मिलेर नेपालीले भोग्दै आएका विविध समस्याको समाधानतर्फ पाइला अघि बढाउने बताउनुभयो । उहाँले सामुदायिक भवन निर्माणको प्रयासलाई मूर्तरुप दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

निवर्तमान कार्यसमितिले नयाँ समितिलाई हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सहयोगको लागि आभार पनि व्यक्त गरेको छ ।

  himalayanvoice.com | १४ मंसिर २०८२, शनिबार १२:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online