ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया

काठमाडौँ। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ। 

पार्टीको विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट आज आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो, “हामी सबैले एकै लक्ष्य लिएर अघि बढ्न सक्नुपर्छ। १५औँ महाधिवेशन केवल औपचारिकता होइन, पार्टीको भविष्य निर्धारण गर्ने अवसर हो। त्यसैले इमानदार, निष्ठावान् र समर्पित नेताकार्यकर्ताको सक्रियता अहिले अत्यन्त जरुरी छ।”

नेता घिमिरेले सबैका सुझावलाई पार्टी नेतृत्वसमक्ष पुर्‍याइने तथा महाधिवेशन तयारीलाई थप गति दिने प्रतिबद्धता जनाउनुभएको थियो।

कांग्रेस नेता देवराज चालिसेले महाधिवेशन निर्धारित मितिमा नै हुनुपर्नेमा जोड दिँदै महाधिवेशन समयमै नहुँदा उत्पन्न हुने अनिश्चितता पार्टी हितमा नहुने र त्यसले सङ्गठनात्मक संरचनामा विचलन ल्याउने सम्भावना रहने उल्लेख गर्नुभयो। नेता चालिसेले भन्नुभयो, “पार्टीभित्र देखिएका द्वन्द्वलाई संवाद र आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने भएकाले सोही प्रक्रियालाई बलियो बनाउने दिशामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने भएको छ।”

नेता नारायण भट्टराईले आफूहरुले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नलिएको तथा केवल रोकेको मात्र बताउनुभयो। उहाँले भन्नुभयो, “यदि निर्धारित मितिमा महाधिवेशन गरिएन भने विशेष महाधिवेशनको प्रक्रियालाई फेरि अघि बढाउन बाध्य हुनेछौँ।”

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म नियमित १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्ने, विधान सुधारमा छलफल गर्ने तथा आगामी राजनीतिक दिशा–निर्देशन तय गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी विभिन्न जिल्ला, क्षेत्रीय र भ्रातृ–सङ्गठनका प्रतिनिधिहरूले महाधिवेशन तयारीका सम्बन्धमा आफ्ना सुझाव, गुनासो र अपेक्षाहरू प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले सभासद् चयन प्रक्रिया, सदस्यता नवीकरण, आन्तरिक सङ्गठन विस्तार तथा आर्थिक व्यवस्थापनलगायत विषयमा थप पारदर्शिता र गतिशीलता आवश्यक भएको धारणा राख्नुभएको थियो। रासस

  himalayanvoice.com | १९ मंसिर २०८२, बिहीबार १२:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online