मधेश प्रदेशसभाको सभामुखमा यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित हुनु भएको छ।

मधेश प्रदेश सभाको आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सभामुख पदका लागि भएको निर्वाचनमा यादवको पक्षमा ७२ मत परेको छ। उक्त सङ्ख्या प्रदेश सभामा कायम रहेको प्रदेशसभा सदस्य १०७ को बहुमत भन्दा बढी रहेकोले यादवलाई सभामुखमा निर्वाचित गरिएको हो। बैठकमा ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा २४ जनाले यादवको विपक्षमा मतदान गर्नु भएको थियोे।

प्रदेशसभामा रिक्त रहेको सभामुख पदका लागि जसपा नेपालकोतर्फ बाट रामअशिष यादव र नेकपा एमालेको तर्फबाट त्रिलोकी प्रसादको उम्मेदवारी परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×