ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भोलि छलफल हुने 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भोलि छलफल हुने भएको छ ।

छलफलको समय भने तय भई नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र शीर्ष नेतृत्वबिच सामूहिक छलफलका लागि सरकारको राजनीतिक संवाद समितिमा रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।

आज भएको भेटमा मन्त्री खरेलले भोलि प्रधानमन्त्रीसँगको सामूहिक भेटवार्ताका लागि शीर्ष नेताहरूसँग आग्रह गर्नुभएको थियो।

नेताहरूसँगको छलफलपछि मन्त्री खरेलले प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेर शीर्ष नेताहरूसँग भोलिको समय तय गरिने जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

 

  himalayanvoice.com | ११ पुष २०८२, शुक्रबार १६:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online