ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भोलि छलफल हुने 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भोलि छलफल हुने भएको छ ।

छलफलको समय भने तय भई नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र शीर्ष नेतृत्वबिच सामूहिक छलफलका लागि सरकारको राजनीतिक संवाद समितिमा रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।

आज भएको भेटमा मन्त्री खरेलले भोलि प्रधानमन्त्रीसँगको सामूहिक भेटवार्ताका लागि शीर्ष नेताहरूसँग आग्रह गर्नुभएको थियो।

नेताहरूसँगको छलफलपछि मन्त्री खरेलले प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेर शीर्ष नेताहरूसँग भोलिको समय तय गरिने जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

 

  himalayanvoice.com | ११ पुष २०८२, शुक्रबार १६:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online