ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईँ पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिनुभयो ।

दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्दर्भमा सहमति भएको उहाँको भनाइ छ । “वार्ता सकारात्मक छ । संविधान र कानुनअन्तर्गत रहेर उहाँहरूको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरूको मागबारे  केस्रा केस्रा छलफल भएको छ”, उहाँले भन्नुभयो, “सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ ।”

वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरू गम्भीर चासोका साथ लिनुभएको थियो भने संयोजक प्रसाईँले अभियानको मागप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको जनाइएको छ । रासस

  himalayanvoice.com | १७ पुष २०८२, बिहीबार १३:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online