ट्रेण्डिङ्ग:
|प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा भने, ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’|लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु|नेपाली बजारमा तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य|युरोपियन युनियनको सीमा प्रतिबन्ध लागू हुनुभन्दा पहिले ग्रीसका आप्रवासी एमेच्योर टोलीहरू विश्वकपको भावमा रमाउदै|लियोनेल मेसी र अर्जेन्टिना विश्वकप उपाधि रक्षा गर्ने तयारीमा|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा, तराईमा हुरीको चेतावनी|कल्पना पौडेल ‘जिज्ञासु’ को ‘अग्निस्पन्दन’ कविता संग्रह सार्वजनिक|भारतबाट ४५३ नेपालीको उद्धार|शनिबार राति लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्ष देखाइएको छ । पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौँ आएर जीवन बदल्न गरेको सङ्घर्ष ट्रेलरमा देख्न सकिन्छ ।

गाउँमा बसेर कल्पना गरे जस्तो काठमाडौँ सहर नरहेको यथार्थ ट्रेलरले देखाउने प्रयास गरेको छ । फोहोर उठाएर जिन्दगी बदल्छु भन्ने विकल्पमा पुगेको युवकको जिन्दगीको कठिन सङ्घर्ष देखाउँदै ट्रेलरले काठमाडौँको सङ्घर्षशील जीवन र त्यसले परिवारको सपनामा पारिरहेको प्रभावलाई प्रस्ट पारेको छ ।

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) निर्देशित चलचित्रमा बल्छीसँगै र वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् । चलचित्रमा योगेशकाजी शाहको बिजिएम, शङ्कर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डिओपी र विपिन मल्लको सम्पादन रहेको छ ।

  himalayanvoice.com | १८ पुष २०८२, शुक्रबार २१:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online