ट्रेण्डिङ्ग:
|युरोपियन युनियनको सीमा प्रतिबन्ध लागू हुनुभन्दा पहिले ग्रीसका आप्रवासी एमेच्योर टोलीहरू विश्वकपको भावमा रमाउदै|लियोनेल मेसी र अर्जेन्टिना विश्वकप उपाधि रक्षा गर्ने तयारीमा|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा, तराईमा हुरीको चेतावनी|कल्पना पौडेल ‘जिज्ञासु’ को ‘अग्निस्पन्दन’ कविता संग्रह सार्वजनिक|भारतबाट ४५३ नेपालीको उद्धार|शनिबार राति लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा|एमालेले केन्द्रीय सदस्यहरूको लागि कार्यविभाजन गर्यो|दैलेखको पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य|समीक्षा अधिकारीको स्वरमा ‘बिर्सिदेऊ भन्छौ’ सार्वजनिक

लियोनेल मेसी र अर्जेन्टिना विश्वकप उपाधि रक्षा गर्ने तयारीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै मेसी छ विश्वकप खेल्ने पहिलो खेलाडी हुनेछन । विश्वकपमा मेसीको नाममा सर्वाधिक खेल (२६) गोल गर्ने खेलाडीको कीर्तिमान रहेको छ ।

पुरुषोत्तम ढकाल, लस-एन्जलस । लियोनेल मेसी र अर्जेन्टिना छ दशकपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा रहेको छ । अर्जेन्टिना सहज समूहमा पनि परेको छ । अर्जेन्टिना रहेको समूह ‘जे’मा लामो समयपछि विश्वकपमा पुनरागमन जनाएका अल्जेरिया र अस्ट्रिया तथा नवप्रवेशी जोर्डन छन् । फिफाले ४८ राष्ट्रको विश्वकप गरेपछि जोर्डनले विश्वकपमा खेल्ने अवसर पाएको हो । अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा गरेमा विश्वका दुई महान् फुटबलर पेले तथा डिएगो म्याराडोनाको स्थानमा मेसी पुग्ने छन् भन्दा फरक पर्दैन । गत संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप उपाधि जितेपछि कुनै पनि राष्ट्रले विश्वकप उपाधि रक्षा गर्न सकेको छैन ।

अर्जेन्टिना

तीन पटकको विजेता तथा फिफा वरीयतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले जुन १६ मा अल्जेरियासँग खेलेर विश्वकप उपाधि रक्षा अभियानको सुरुवात गर्ने छ । त्यसपछि उसले अस्ट्रिया र जोर्डनको सामना गर्ने छ । अर्जेन्टिनाले यसपालि सजिलै समूह चरण पार गर्ने अपेक्षा गरिएको छ । अर्जेन्टिना सानदार लयमा पनि छ । दक्षिण अमेरिकी समूहमा शीर्ष स्थान हासिल गरी अर्जेन्टिनाले १५ महिनाअघि नै विश्वकपमा स्थान बनाएको थियो । ब्राजिललाई हराउँदै अर्जेन्टिना विश्वकपमा चयन हुँदा मेसीले भने चोटका कारण खेल्नुभएको थिएन । अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन पनि हो । यसै गरी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै मेसी छ विश्वकप खेल्ने पहिलो खेलाडी हुनेछन । विश्वकपमा मेसीको नाममा सर्वाधिक खेल (२६) गोल गर्ने खेलाडीको कीर्तिमान रहेको छ । यसै गरी सर्वाधिक गोलकर्ताको सूचीमा उनि जस्टिन फन्टिनसँग संयुक्त रूपमा चौथो स्थानमा छन्। यी दुवैले विश्वकपमा १३/१३ गोल गरेका छन् । यी दुईभन्दा अगाडि जर्मनीका मिरोस्लाभा क्लोज (१६ गोल), ब्राजिलका रोनाल्डो (१५ गोल) र गर्ड मुलर (१४ गोल) रहेको छ । यसै गरी मेसीले छनोट चरणमा आठ गोल गरेका थिए । त्यसैले यसपालि मेसीकै पुरानै आकर्षक खेल देख्न पाइने सम्भावना उत्तिकै छ । यसै गरी लियोनेल स्कालेनी इटालीका भिटोरियो पोजो (सन् १९३४ र १९३८) पछि दुई विश्वकप जित्ने प्रशिक्षक बन्ने दाउमा रहेका छन्  ।

अल्जेरिया

अफ्रिकाको प्रतिनिधित्व गर्ने अल्जेरियाले सन् २०१४ पछि विश्वकपमा पुनरागमन गर्दै छ । लामो समय विश्वकपमा अनुपस्थित भए पनि अल्जेरिया दुई पटकको अफ्रिकी च्याम्पियन हो । उसले सन् १९९० र २०१९ मा अफ्रिकी नेसन्स कप जितेको थियो । पछिल्लो पटक विश्वकप खेल्दा अल्जेरियाले अन्तिम १६ सम्मको यात्रा गरेको थियो । सो समय जर्मनीसँग अतिरिक्त समयमा पराजित भएपछि अल्जेरियाको चुनौती समाप्त भएको थियो । विश्वकप छनोटमा अल्जेरियाको प्रदर्शन राम्रो रह्यो । उसले दस खेलमधये आठ जित, एक बराबरी र एक हारमा खेलेको थियो । म्यान्चेस्टर सिटीका ३५ वर्षीय विन्गर रियाद महजराज टिमका कप्तान रहेका छन् । उनले अल्जेरियाको जर्सीमा ३८ गोल गरेका छन् । अल्जेरियाका लागि उनले भन्दा बढी गोल इस्लाम सिलमान (४५ गोल) गर्ने खेलाडीका रुपमा परिचित छन् । अल्जेरियाको टिममा अन्य चर्चित खेलाडी लेफ्ट ब्याक रायन आइट–नुरी र डिफेन्डर रामी बेन्सेबाइनी रहेका छन् । सन् २०१४ दखि २०२१ सम्म स्विट्जरल्यान्डको टिम समाल्ने भ्लाडिमिर पेट्कोभिचको प्रशिक्षकत्वमा अल्जेरियाले विश्वकपमा खेल्दै छ ।

अस्ट्रिया

कुल आठ पटक विश्वकप खेल्न लागेको भए पनि अस्ट्रियाले सन् १९९८ पछि विश्वको सबैभन्दा ठुलो मञ्चमा सहभागिता जनाउन सकेको थिएन । अब २८ वर्षपछि खेल्न लागेको विश्वकपमा अस्ट्रियाले समूह चरण पार गर्ने लक्ष्य लिएको छ । अस्ट्रिया सन् १९८२ मा नकआउट चरण पुगेको थियो । अस्ट्रियाको टिममा सबभन्दा पाका ३७ वर्षीय फरवार्ड मार्को अर्नाउटोभिच महìवपूर्ण खेलाडी छन्  । १३२ अन्तर्राष्ट्रिय खेल खेलि सकेका अर्नाउटोभिच अस्ट्रियाका सर्वाधिक गोलकर्ता (४७ गोल) छन्  । कप्तान तथा डिफेन्डर डेभिड अलाबासँग चार युरोपेली उपाधि जितेको उपलब्धि र १२० च्याम्पियन्स लिग खेलको अनुभव छ । अस्ट्रियाको टिममा मिडफिल्डर मार्सेल साबिट्जार र कोन्राड लाइमर पनि हेर्नलायक खेलाडी हुन्  । अस्ट्रिया राम्रो प्रशिक्षक राल्फ रागनिकको रेखदेखमा रहेको छ । रागनिकले म्यान्चेस्टर युनाइटेड, होफेनहाइम, साल्के, स्टुटगार्ट र लेप्जिग जस्ता ठुला क्लबलाई प्रशिक्षण दिईसकेका छन् ।

जोर्डन

एसियाको छनोट चरण पार गरेको जोर्डन पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा पुगेको हो । जोर्डन फुटबलले अहिलेसम्म अन्तर्राष्ट्रिय मञ्चमा ठुलो उपलब्धि हासिल गरेको छैन । जोर्डन फुटबलको अहिलेसम्मको गौरवशाली प्रदर्शन भनेको सन् २०२३ को एसिया कपमा उपविजेता बन्नु हो । त्यसैले विश्वकपमा पुग्नु नै जोर्डनका लागि ठुलो उपलब्धि बनिसकेको छ । जोर्डनका लागि २४ गोल गरिसकेका मुसा अल तामार फ्रान्सको रेनेसबाट खेल्छन । उनि बाहेक अन्य केही खेलाडी पनि युरोपेली लिगमा खेल्छन । जसमध्ये अर्का फरवार्ड इब्राहिम साब्रा पनि हेर्नलायक खेलाडीका रूपमा रहेका छन् । उनि क्रोसियाको क्लब लोकोमोटिभा जाग्रेबमा अनुबन्धित छन् । यो टिमको प्रशिक्षकमा मोरोक्कोका पूर्वमिडफिल्डर जामल सेलामी छन्  ।

  himalayanvoice.com | १६ जेष्ठ २०८३, शनिबार २१:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online