ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

अन्जलि अधिकारीले घुमाइन् दुई जनाको दिल, ‘दिल घुम्यो’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ।  रमाइलो त्रिकोणात्मक प्रेमकथालाई मीठो र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने सानो प्रयासस्वरूप ‘दिल घुम्यो’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा नेपालको राजमार्ग छेउमा रहेको एक पसल, सुन्दरी साहुनि र उनलाई मन पराउने दुई युवाबीचको प्रेम आकर्षणलाई सुरुदेखि नै रोचक ढंगले देखाइएको छ।

गीतमा पसलकी साहुनिलाई फकाउने दुई पुरुषका प्रयासहरू, उनीहरूबीचको प्रतिस्पर्धा र प्रेमको हल्का हास्य मिश्रित कथावस्तु दर्शकका लागि आकर्षणको केन्द्र बनेको छ।

गायक लेख काफ्ले र गायिका बिन्दु परियारको स्वर रहेको उक्त गीत गायक लेख काफ्लेकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द लेख काफ्ले स्वयंका हुन् भने संगीत लेखु सहयात्रीले तयार पारेका छन्। गीतको एरेञ्ज/संकलन बिषम आचार्यको रहेको छ। मिक्सिङ तथा मास्टरिङ भने प्रिज्म स्टुडियोका श्याम श्वेत रसाइलीले गरेका छन्।

बनेपाको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा अन्जलि अधिकारी, सुरेश कोहली र गायक लेख काफ्लेको अभिनय देख्न सकिन्छ। प्रेमिल कथालाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् भने भिडियोमा नवराज उप्रेतीको उत्कृष्ट सिनेमाटोग्राफी प्रशंसनीय छ।

  himalayanvoice.com | २२ पुष २०८२, मंगलवार २१:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online