ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन |मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन|विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमा|सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता|पूर्व मन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?

रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय संसद् अन्तर्गतका विभिन्न विषयगत समितिको सभापति र सचेतकको जिम्मेवारी तोकेको छ ।

रास्वपाले संसदीय दलको प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । त्यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएको छ ।

पार्टीको संसदीय दलले  विभिन्न १२ वटा समितिका लागि सभापतिको चयन गरिएको हो ।

सार्वजनिक गरिएको नामावली अनुसार कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र अर्थ समितिमा कृष्णहरि बुढाथोकीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदासले जिम्मेवारी पाउनुभएको छ ।

महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीले नेतृत्व गर्नु हुने छ । संसदीय सुनुवाइ समितिमा वोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्कीलाई ‘संयुक्त’ रूपमा जिम्मेवारी तोकिएको छ ।

  himalayanvoice.com | ३ बैशाख २०८३, बिहीबार १२:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online