ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

लेखनाथ । मेडिकल व्यवसायी दुर्गा प्रसाई सोमबार पोखराबाट पक्राउ पर्नुभएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका अध्यक्षसमेत रहनुभएका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरी राजधानी काठमाडौं पठाउने तयारी गरेको जनाएको छ ।

माघ २ गते सरकारसँग सम्झौता गरेको प्रसाई नेतृत्वको समूहले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको थियो । काठमाडौँमा बोल्दै प्रसाईले नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले करोडौं रुपियाँ लिएको आरोप लगाउनुभएको थियो ।

सो आरोपपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले प्रसाई पक्राउ परेको पुष्टि गर्नुभयो । “उहाँलाई भर्खरै नियन्त्रण लिएका हौँ । पोखराको एयरपोर्ट चोकबाट नियन्त्रणमा हामी काठमाडौँ पठाउँदैछौँ ।”

  himalayanvoice.com | ६ माघ २०८२, सोमबार १३:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online