ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

खोटाङको सर्वाधिक राशिको पुरस्कार उपाधि नेर्पालाई

खोटाङ। खोटाङमा सञ्चालित हालसम्मकै सर्वाधिक राशीको पुरस्कार फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेका छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा आयोजित ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि नेर्पाले जितेको हो ।

आइतबार भएको फाइनलमा गछिया युवा समाज मोरङलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको नेर्पाले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५–४ गोलले नेर्पासँग गछिया पराजित भएको थियो ।

उपविजेता बनेको गछिया युवा समाजले १ लाख ५१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनलिस्ट भएका आयोजक बुइपा –११ स्पोर्टस क्लब र रारम्बु स्पोर्टस क्लबले नगद ५०–५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बुइपास्थित यलम्बर खेलमैदानमा सम्पन्न आमन्त्रित उक्त फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । बुइपाका स्थायी बासिबन्दा ८२ वर्षीय वृद्ध प्रभुराम राईको सम्मानमा उहाँका परिवारको प्रायोजन तथा बुइपा–११ स्पोर्टस क्लब बुइपाको आयोजना गरिएको हो । माघ ७ गते भएको प्रतियोगिताको उदघाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले गर्नुभएको थियो ।

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीमा नेर्पा स्पोर्टस् क्लबका सलिन ढकाल ‘राम’ लाई नगद २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सर्वाधिक गोलकर्ता समान पाँच–पाँच गोल गर्ने नेर्पा स्पोर्टस क्लबका बिकी चाम्लिङ र गछिया युवा समाजका मिक्चेन दास, उत्कृष्ट गोलरक्षक नेर्पाका रोहन परियार, उत्कृष्ट डिफेन्डरमा बुइपाका रामसुर राई, उत्कृष्ट मिडफिल्डरमा गछियाका योना लिम्बु, उदयीमान खेलाडीमा बुइपाका एलन राई, उत्कृष्ट फरवार्डमा गछियाका रोहन गुरुङ र उत्कृष्ट प्रशिक्षकमा नेर्पाका डिगेन्द्र गुरुङलाई नगद १५–१५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजयी क्लब तथा खेलाडीलाई प्रायोजक प्रभुराम राई र उहाँका श्रीमती सीता राईले नगदसहित पुरस्कार वितरण गर्नुभएको छ । सामाजिक सेवासँगै खेल क्षेत्रको समग्र विकासमा लाग्नुभएका बुबा प्रभुराम राईलाई सम्मान गर्दै जिल्लामा राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको जेठा छोरा एवं बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।

तत्कालीन बुइपा गाउँ पञ्चायतका प्रधानपञ्च तथा पूर्व बृटिस गोर्खा सैनिकसमेत रहनुभएका प्रभुरामको योगदानलाई कदर गर्दै उहाँको सम्मानमा परिवारका सदस्यहरुले आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको राईले बताउनुभयो ।

  himalayanvoice.com | १२ माघ २०८२, आईतवार २१:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online