ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

रस्वापा नेता बालेन्द्र शाह कञ्चनपुरमा, तीन वटै निर्वाचन क्षेत्रमा भेटघाट

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह कञ्चनपुर पुग्नुभएको छ । चुनावी प्रचारप्रसारका क्रममा कञ्चनपुर आइपुग्नु भएका शाहले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुभयो ।

कञ्चनपुर प्रवेश गरेपछि शाहले विभिन्न स्थानमा आयोजित कार्यक्रम तथा भेटघाटमार्फत पार्टीको सङ्गठन विस्तार र चुनावी तयारीबारे छलफल गर्नुभएको बताइएको छ । भेटघाटका क्रममा स्थानीय नेता कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

रास्वपा कञ्चनपुरका अनुसार कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा पार्टीको गतिविधि प्रभावकारी बनाउने, कार्यकर्ता परिचालन तथा आगामी चुनावी रणनीतिबारे केन्द्रित छलफल भएको बताइएको छ । कञ्चनपुरपछि शाह पहाडी जिल्लातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

  himalayanvoice.com | १४ माघ २०८२, मंगलवार १६:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online