ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

बाँकेमा प्रेमीले गरे प्रेमिका बसन्ती गोडियाको हत्या

बाँके । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उहाँको हत्या गरिएको तथ्य खुलेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार इनारमा सडेको अवस्थामा भेटिएको शव डुडुवा गाउँपालिका–३, वनकट्टी गाउँ निवासी २१ वर्षीया बसन्ती गोडियाको रहेको र हत्या उहाँको प्रेमी सोही गाउँ निवासी २५ वर्षीय राकेश बर्माले गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले डुडुवा–३ स्थित रामफेरन कुर्मीको घर पछाडि रहेको झाडीभित्रको इनारमा सडेगलेको अवस्थामा पहिचान नखुलेको शव फेला परेकोमा सोधखोज गर्दा सोही गाउँ निवासी पाँचु गोडियाकी २१ वर्षीया छोरीको शव रहेको पुष्टि भएको बताउनुभयो ।

उहाँले प्रहरी अनुसन्धानका अनुसार बसन्ती गोडियाको शव सडेगलेको अवस्थामा फेला परेकाले घटना करिब एक महिनाअघि घटेको हुनसक्ने अनुमान गरिएको जनाउँदै पोस्टमार्टम रिपोर्टमा मृतकको टाउको र घाँटीको विभिन्न भागमा चोट लागेको देखिएकाले उहाँको हत्या गरिएको पुष्टि भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कुनै महिला हराएको औपचारिक उजुरी प्रहरीमा नआए पनि गाउँघर र घटनास्थल आसपास बुझ्दा बसन्ती केही समयदेखि भारतको नानपारास्थित मामाघर गएको भनिएको थियो ।

प्रहरी अनुसन्धानबाट बसन्ती गोडिया पुस १ गते मङ्गलबार रातिदेखि सम्पर्कविहीन भएको र सोही दिनदेखि घरमा समेत नफर्किएको तथ्य खुल्न आएको छ । गाउँघर छरछिमेक र विभिन्न सूचनाको आधारमा अनुसन्धान गर्दा मृतकको छिमेककै युवक बर्मासँग प्रेम सम्बन्ध रहेको खुलेको छ ।

सो बारेमा अनुसन्धान गर्दा प्रेम सम्बन्धमा खटपट भएको कारण योजनाबद्ध रूपमा बर्माले गोडियाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थलको अवस्था, पोस्टमार्टम रिपोर्ट, बर्माको साविति बयानबाट प्रेममा भएको खटपटका कारण बर्माले नै हत्या गरेर शव इनारमा फालेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बर्मालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत बाँकेबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  himalayanvoice.com | १५ माघ २०८२, बुधबार १४:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online