ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सुदूरपश्चिमका जनतालाई बालेनको आग्रह- कामको सूची दिनुहोस्

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कामको सूची दिन सुदूरपश्चिम प्रदेशका जनतालाई आग्रह गर्नुभएको छ । सो पार्टीले बुधबार धनगढीमा आयोजना गरेको ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी भोटभन्दा पनि काम माग्न आएको बताउनुभएको हो ।

“तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ,” शाहले भन्नुभयो, “त्यसैले आज भोट होइन, राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ काम माग्न आएको हो । बरु भोट नदिए हुन्छ तर कामको सूची दिनुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीले काम गरेर देखाउँछ ।”

उहाँले आफ्ना पार्टीका उम्मेदवारहरूलाई कामको सूची दिन मतदातालाई आग्रह गर्नुभयो । आफ्नो पार्टीको एजेन्डा सुदूरपश्चिमलाई ‘सुनजस्तै पश्चिम’ बनाउने रहेको शाहको भनाइ थियो । उहाँले देश बनेको सपना आफूले देखेको उल्लेख गर्दै रास्वपाले त्यो सपना पूरा गर्ने जिकिर गर्नुभयो ।

खल्तीमा पैसा नभएका विपन्न र गरिबले शिक्षा तथा स्वास्थ्य उपचार पाउनुपर्ने र २० वर्षसम्म नबन्ने योजना डेढ वर्षमा बन्नुपर्ने लगायतका एजेन्डा आफ्नो पार्टीको रहेको उहाँले उल्लेख गर्नुभयो । रास्वपा सरकारमा गएमा कांग्रेस, एमाले, माओवादी र आम जनता सबै हिँड्ने साझा बाटो बनाउने नेता शाहको दाबी थियो ।

  himalayanvoice.com | ६ फाल्गुन २०८२, बुधबार १४:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online