ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

तीन चलचित्रको प्रदर्शन स्थगित

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेबाट प्रदर्शनमा आएका चलचित्रहरू ‘बिगुल’ र ‘श्री बुकुरो’ र  ‘शिवांश : च्याप्टर १’ ले  प्रदर्शन स्थगित गरेको छ । चलचित्र बिगुलका निर्देशक रमेश कोइरालाले निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनसम्बन्धी चलचित्र निर्माण र बजार पनि खासै नभएका कारण चलचित्र स्थगित गर्नु परेको बताउनुभयो । चलचित्र चुनाव सकिनेबित्तिकै पुनः प्रदर्शनमा आउने उहाँको भनाइ छ ।

त्यस्तै चलचित्र ‘श्री बुकुरो’ का निर्देशक सुदीपभूपाल सिंहका अनुसार, विशुद्ध पारिवारिक चलचित्र बनाएको हो । चुनावी राजनीतिक माहोलले गर्दा दर्शक हलसम्म तानिन हम्मे हम्मे परेको हुनाले चलचित्र स्थगित गर्नु परेको हो । “अहिले खासै दर्शकको चलचित्रमा रुचि नदेखिएको हुनाले पनि चलचित्र रोकेका हौँ,” उहाँले भन्नुभयो । चलचित्र चुनाव सकिएपछि वैशाख १८ गतेदेखि पुनः प्रदर्शनमा आउने उहाँले बताउनुभयो ।

चलचित्र ‘शिवांश : च्याप्टर १’ का निर्देशक सन्तोषकुमार आत्रेयका अनुसार, चुनावभन्दा पनि दर्शककै कमीले गर्दा चलचित्र स्थगित गर्नु परेको हो । चलचित्रको प्रचारप्रसारमा हामी चुकोका हौँ कि ? निर्देशक आत्रेयको भनाइ छ । चलचित्र असार मसान्तभित्र पुनः प्रदर्शनमा आउने उहाँले बताउनुभयो ।

  himalayanvoice.com | ९ फाल्गुन २०८२, शनिबार ००:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online