ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

‘केपीएल’ क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबलाई

नेपालगञ्ज । कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसी) ले उचालेको छ । सोमबार भएको फाइनल खेलमा न्यू होराइजन स्पोर्ट्स क्लबलाई सुपर(ओभरमा हराउँदै युभिसिसीले प्रतियोगिताको उपाधि उचालेको हो । 

न्यू होराइजनले टस जितेर पहिला बलिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३६ रन बनाएको थियो । उसका लागि दिपेन्द्र सिंह ऐरीले ४२ बलमा सर्वाधिक ६९ रन बनाएका थिए । यस्तै विपिन शाहीले २४ बलमा १८ रन र अर्जुन साउदले १५ बलमा १६ रन बनाए । अन्य ब्याटरहरुले भने दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ न्यू होराइजनका लागि प्रेम गुप्ताले ४ ओभरमा ११ रन मात्रै खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै निश्चल ज्ञवालीले २ विकेट लिए भने प्रिन्स पाल, मोहम्मद हुसेन र अमर मिश्रले १–१ विकेट लिए ।

न्यू होराइजनले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको युनाइटेडले १९.३ ओभरमा १ सय ३६ रन बनाउँदै अलआउट हुँदा खेल सुपर ओभरमा पुग्यो । टिमका लागि मोहम्मद हुसेनले १२ बलमा २९ रन र अमर मिश्रले २६ बलमा सर्वाधिक २९ रन बनाए । सुपर ओभरमा पहिला ब्याटिङ गरेको न्यू होराइजन स्पोर्ट्स क्लबले निर्धारित १ ओभरमा दुई विकेट गुमाउँदै ६ रन बनाएको थियो । टिमका लागि अमर मिश्रले ३ रन बनाए भने सन्दिप मौर्याले एक रन बनाएर आउट भए ।

न्यू होराइजनले दिएको ७ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले ०.४ ओभरमा ७ रन बनाउँदै सहज १० विकेटको जित हासिल गरेको हो । टिमका लागि दिपेन्द्र सिंह ऐरीले ३ रन र आदिल आलमले अविजित २ रन बनाएर उपाधि आफ्नो पक्षमा पारे । उपाधि विजेता युभिसिसीले नगद ४ लाख पाउँदा उपविजेता न्यू होराइजनले नगद २ लाखमा चित्त बुझायो ।

प्रतियोगितामा न्यू होराइजन स्पोर्ट्स क्लबका अमर मिश्र १ सय ६५ रन र ६ विकट लिँदै उत्कृष्ट खेलाडी घोषित भए । उनले बिबि साइकल स्टोरको तर्फबाट साइकल र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै न्यू होराइजनका आरिफ खान १ सय ७१ रन बनाउँदै उत्कृष्ट ब्याटर बने भने युभिसिसीका सन्तोष यादव ८ विकट लिँदै उत्कृष्ट बलरका रुपमा घोषित भए । उनीहरू दुवै जनाले नगर १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर क्रिकेट रङ्गशालामा फागुन २८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको संरक्षक कोहलपुर नगरपालिका रहेको थियो । बाँके जिल्ला क्रिकेट सङ्घको समन्वय र कोहलपुर क्रिकेट स्पोर्ट्स एकेडेमी कोहलपुरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । विभिन्न ६ वटा टिमले प्रतियोगितामा भाग लिएका थिए ।

  himalayanvoice.com | २ चैत्र २०८२, सोमबार १५:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online