ट्रेण्डिङ्ग:
|राजनीतिक दल बन्ने प्रक्रियामा पहिलो महाधिवेशनमा जुट्यो रास्वपा|बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै|आइसले गत वर्ष १७४ डाका प्राप्तकर्ताहरूलाई देश निकाला गरेको तथ्य सार्वजनिक|ट्रम्पले भने कि अमेरिकी वार्ताकारहरू इरानसँग वार्ता गर्न सोमबार पाकिस्तान जानेछन्|कोशीमा बर्डफ्लु विपत्ति : २ लाख २७ हजार कुखुरा मारिँदै|निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल|विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले अब घरबाटै नो अब्जेक्सन लेटर लिन सक्ने|कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

रास्वापाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने रास्वपाको तयारी छ ।

बैठकले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ । यसअघि प्रभाव विभाग प्रमुखको जिम्मेवारीमा उपसभापति डिपी अर्याल रहनुभएको थियो । अर्याल सभामुखमा निर्वाचित भएपछि उहाँ पार्टीको जिम्मेवारीबाट अलग हुनुभएको छ । उहाँ सभामुखका निर्वाचित भएसँगै सो पद रिक्त थियो ।

सचिवालयले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ । पार्टी प्रवक्ता झाका अनुसार केन्द्रीय समिति बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे ‘ब्रिफिङ’ हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुनेछ । केन्द्रीय सदस्यलाई दुई मिनेटका दरले समय छुट्याइएको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताउनुभयो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकारलगायत विषयमा पनि बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

  himalayanvoice.com | ६ बैशाख २०८३, आईतवार ११:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online