ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

रामेछाप सभापति तामाङलाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

समितिका सभापति तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।

तामाङलाई कांग्रेसको विधान २०१७, (संशोधन सहित)को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लङ्घन भएको देखिएकाले पार्टीको विधान २०१७, (संशोधन सहित)को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तीन) दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

  himalayanvoice.com | ७ बैशाख २०८३, सोमबार १५:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online