ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस. पल कपुर बिच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। 

हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबिच हुन सक्ने सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्विपक्षीय सहयोगका विविध विषयमा केन्द्रित रहेर उहाँहरू बिच गहन छलफल भएको हो।

भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माणमा रहेको उल्लेख गर्नुभयो। उहाँले देशमा आर्थिक सुधार र लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकारले पुराना तथा अनावश्यक कानुनहरूको खारेजी गर्ने र आवश्यकता अनुसार नयाँ कानुन निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको प्रष्ट पार्नुभयो।

मन्त्री वाग्लेले अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपालीहरूबाट विशेष गरी नेपालको पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा ठुलो लगानीको अपेक्षा गरिएको धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबिचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले शान्तिपूर्ण निर्वाचनपश्चात् गठित वर्तमान सरकारले अघि सारेका सुधारका कार्यक्रमहरूलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट नियालिरहेको बताउनुभयो।

सहायक विदेश मन्त्री कपुरले सफल व्यापारिक सम्बन्ध र ‘यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन’ जस्ता संस्थाहरूसँगको साझेदारीमार्फत दुवै राष्ट्रले उल्लेख्य लाभ लिन सक्ने विषयमा जोड दिनुभयो।

उक्त बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूका साथै नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बोम र अमेरिकी दूतावासका अन्य अधिकारीहरूको समेत उपस्थिति थियो।

  himalayanvoice.com | ८ बैशाख २०८३, मंगलवार १२:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online