ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण

काठमाडौँ । कथाकार नारायण तिवारीको नयाँ कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । काठमाडौँमा शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, आख्यानकार नारायण ढकाल, कवि श्यामललगायतले कथाकृति सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा प्राडा श्रेष्ठले कथा लेखनका दुई पक्ष प्राविधिक र ऐतिहासिकमध्ये प्राविधिक पक्षमा नभई ऐतिहासिक पक्षमा बोल्ने बताउँदै तिवारीका कथा सरल तर गम्भीर हुने गरेको बताउनुभयो ।

कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै डा. ज्ञानु अधिकारीले तिवारीका कथा सरल तर खारिएको हुने गरेको बताउनुभयो । प्रत्येक कथा पूर्वी तराई भेगको विराटनगरसँग जोडिएको बताउनुभयो । सङ्ग्रहभित्रका २७ कथामध्ये ‘जमाना खराब छ’, ‘कुर्ता सुरुवाल’ र ‘टुङ्ग–टुङ्ग’ शीर्षकका कथाका बारेमा चर्चा गर्नुभयो ।

कवि श्यामलले कथाकार जस्तै उहाँका कथा पनि सरल र सुललित भएको बताउनुभयो । कथाको गति अविरल बगेको बताउँदै उहाँले कथाको गद्य प्रभावकारी भएको चर्चा गर्नुभयो । श्यामलले नारायणका कथा परम्परागत संरचनाभन्दा फरक रहेको र मैथिली भाषा राम्रोसँग प्रयोग भएको बताउनुभयो ।

आख्यानकार ढकालले तिवारीका कथामा गम्भीरता भएको उल्लेख गर्दै कथा लेखन परम्पराको चर्चा गर्नुभयो । उहाँले कथाकार पुष्करशमशेर, विश्वेश्वरप्रसाद कोइराला र गुरुप्रसाद मैनालीको कथाको चर्चा गर्नुभयो । कथाकार तिवारीले आफ्नो लेखन यात्राबारे सङ्क्षेपमा प्रकाश पार्नुभयो ।

  himalayanvoice.com | ८ बैशाख २०८३, मंगलवार १२:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online