ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ “सन् २०२५ मो सहायता कटौती र खतरनाक अनियमित मार्गको सूचनामा प्रतिबन्ध लगाइएको थियो, जसले धेरै भन्दा धेरै बेपत्ता आप्रवासीको गणनालाई कठिन बनाएको थियो, ”

जेनेभा, (एएफपी) । सन् २०२५ मा आप्रवासन मार्गमा लगभग सात हजार ९०० व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मङ्गलबार सार्वजनिक उक रिपोर्टमा भनेको छ । यससँगै आप्रवासनका क्रममा सन् २०१४ देखि सन् २०२५ को अन्त्यसम्म कुल मृतक र बेपत्ता व्यक्तिको सङ्ख्या ८० हजारभन्दा बढी भएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले सुरक्षित मार्ग पहुँच भन्दा बाहिर हुँदा मानिस खतरनाक, अनियमित यात्रामा जान बाध्य हुनेगरेको र ज्यान गुमाउने गरेको बताएको छ । सङ्गठनले देशलाई आप्रवासन मार्गहरूमा बढीभन्दा बढी जीवन बचाउन राजनीतिक इच्छाशक्ति खोज्न आग्रह गरेको छ । आइओएमले भनेको छ, “सन् २०२५ मा विश्वभर आप्रवासनका क्रममा करिब सात हजार ९०० मानिसको मृत्यु वा बेपत्ता भएको अभिलेख राखिएको छ ।”

आइओएमको बेपत्ता आप्रवासी परियोजनाले सन् २०१४ यता आप्रवासनका क्रममा ८० हजारभन्दा बढीको मृत्यु र बेपत्ताको अभिलेख राखेको छ । “यद्यपि यी तथ्याङ्कले प्रभावित व्यक्तिको वास्तविक संख्याको सबैभन्दा कम सीमालाई प्रतिनिधित्व गर्दछ, तर पनि यसले आप्रवासी मृत्युको अन्त्य गर्न र पछाडि छोडिएका परिवारको जटिल आवश्यकतालाई सम्बोधन गर्न तत्काल प्रतिक्रियाको आवश्यकतालाई जोड दिन्छ,” आइओएमले भनेको छ ।

आइओएमले सन् २०२५ मा भएको हजारौँको मृत्यु र बेपत्ताको अभिलेखले यी रोकथाम गर्न सकिने मृत्युलाई अन्त्य गर्न विश्वव्यापी असफलताको निरन्तरता र वृद्धिलाई सङ्केत गरेको बताएको छ । “सन् २०२५ मो सहायता कटौती र खतरनाक अनियमित मार्गको सूचनामा प्रतिबन्ध लगाइएको थियो, जसले धेरै भन्दा धेरै बेपत्ता आप्रवासीको गणनालाई कठिन बनाएको थियो, ” विज्ञप्तिमा भनिएको छ ।

यसैबिच, आप्रवासीको वेपत्ता हुने समस्याले गर्दा अहिले कम्तिमा तीन लाख ४० हजार परिवारका सदस्य प्रत्यक्ष रूपमा प्रभावित भएको अनुमान गरिएको छ । उनीहरूले आफ्नो नातेदारको मनोवैज्ञानिक, सामाजिक, कानुनी र आर्थिक प्रभावको सामना गरिरहेका आइओएमले जनाएको छ । बेपत्ता हुने समस्या अझै पनि समाधान भएको छैन ।

आइओएमले सन् २०२६ मेको अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्च गतिशीलता परिवर्तन गर्ने अवसर भएको बताएको छ । “विश्वव्यापी आप्रवासन मार्गमा जीवन बचाउन र यी रोकथाम गर्न सकिने क्षतिबाट सबैभन्दा बढी प्रभावित परिवारलाई देख्न दिगो राजनीतिक इच्छाशक्ति आवश्यक छ,” आइओएमले भनेको छ ।

  himalayanvoice.com | ८ बैशाख २०८३, मंगलवार १२:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online