ट्रेण्डिङ्ग:
|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन |नेपालद्वारा युएई ८ विकेटले पराजित |लस-एन्जलसमा बृहद बनभोज भव्यताका साथ् सम्पन्न, प्रवासमा काँग्रेस जिवन्त रहेको संदेश|कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ११ गते निर्वाचन

नर्थ क्यारोलिनामा मनाइयो नेपाल दिवस

नर्थ क्यारोलिना । विगतका वर्ष झैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिबार नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ । नर्थ क्यारोलिनास्थित नेपालीको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसिएनसी) ले आयोजना गरेको नेपाल दिवसको यो १० औँ संस्करण हो । नेपाल दिवसमा करिब तीन हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।

टाउन अफ मोरिसभिल, एपेक्स, केरी, होलिस्पिङ र वेक काउन्टीले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप प्रत्येक वर्ष सो कार्यक्रम गरिँदै आएको छ । “हामी नेपालबाट आउने मानिसका लागि नेपालबाहिर पनि नेपाल देख्ने एक अवसर हो, मलाई यो कार्यक्रम देख्दा निकै खुसी लागेको छ,” भर्खरै नेपालबाट आउनुभएका किशोर पौडेलले भन्नुभयो । एनसिएनसीका पूर्वअध्यक्ष आरपी पौडेल र वरिष्ठ साहित्यकार डा. ऋषि बस्ताकोटीले पनि भव्य रूपमा आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयो । बसाइँसराइका कारण अहिले नर्थ क्यारोलिना नेपालीको रोजाइको स्थान बनेको छ ।

सो कार्यक्रममा केरी, मोरिसभिल, एपेक्स र होलिस्प्रिङ नगरका प्रतिनिधिले नेपाल र नेपालीको मौलिक संस्कृतिको खुलेरै प्रशंसा गर्नुभयो । मन्तव्य व्यक्त गर्नेमा नर्थ क्यारोलिनाको तल्लो सदनकी सांसद एलेनी मार्सल, टाउन अफ केरीकी प्रतिनिधि सारिका वंशल, मोरिसभिल टाउनका तर्फबाट टिजे काउली र सतीश गारिमेला, एपेक्स टाउनका तर्फबाट ज्याक गिल्बर्ट, होलिस्प्रिङका तर्फबाट माइक कोन्ड्राटिकलिज हुनुहुन्थ्यो । यसअघि अमेरिकाको तल्लो सदनकी कंगे्रस प्रतिनिधि डेब्रेहा रोसको शुभकामना मन्तव्य पनि पढेर सुनाइएको थियो ।

नेपाली राजदूतावासकी काउन्सिलर अरुणा घिसिङले यस्ता कार्यक्रमले आफ्नो नेपालको कला, भाषा, संस्कृति, परम्परा र वेशभूषालाई जोड्न टेवा पुग्ने भएकाले यो महìवपूर्ण छ भन्नुभयो । १० औँ नेपाल दिवस समारोह समितिका अध्यक्ष एवं एनसिएनसीका पूर्वअध्यक्ष डा. विकास शाक्यले बालबालिकालाई नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै हाल यो क्षेत्रमा करिब १० हजार नेपाली बसोबास गरेको जानकारी दिनुभयो ।

सो कार्यक्रममा सुजन एन्ड परिता एजुकेसन फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने छात्रवृत्ति कलेज प्रवेश गर्न लागेका आठ जेहेनदार विद्यार्थीलाई तीन हजार एक सय डलर राशिको पुरस्कार पनि प्रदान गरिएको थियो । सोही अवसर पारेर प्रसिद्ध साहित्यकार नीलम कार्की निहारिकाले नेपालमा हालै सार्वजनिक गर्नुभएको राजमाता उपन्यासको सार्वजनिकीकरण पनि गरिएको थियो । सो अवसरमा साङ्गीतिक कार्यक्रमका साथै नेपाली खाद्य परिकार र नेपाली पोसाक, कला र संस्कृति झल्कने खालका स्टल पनि राखिएको थियो ।

  himalayanvoice.com | ७ बैशाख २०८३, सोमबार १५:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online