ट्रेण्डिङ्ग:
|अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा|दुई खेलको एक दिवसीय सिरिजमा ओमानसँग नेपाल ‘ए’ को बराबरी|कांग्रेस संसदीय दलको नेता: निर्वाचन कार्यक्रम स्थगित|श्रीकृष्ण विक घटना: शव काठमाडौँ लगियो|राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ|वास्तविक सुकुम्वासीको व्यवस्थापन हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह|पश्चिम एसियाको द्वन्द्वपछि ३० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए : परराष्ट्र मन्त्रालय|संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट भन्सार छली गरेर भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले बिहीबार पर्साको विभिन्न स्थानबाट करिब रु १७ लाख ३० हजार मूल्य पर्ने २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरगन्ज महानगर-१६ स्थित मुख्य भन्सार नाकाबाट १४, सिर्सियानाकाबाट सात, विन्दवासिनी गाउँपालिका-५ स्थित प्रसौनीभाठाबाट एक गरी २२ स्थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयलाई बुझाइएको छ । रासस

  himalayanvoice.com | ११ बैशाख २०८३, शुक्रबार १२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online