ट्रेण्डिङ्ग:
|क्याल भिसिबीले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार पीडितहरूलाई आर्थिक सहयोग प्राप्त गर्न मद्धत गर्दछ|बार्सिलोनामा गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न|हैटी र सिरियाका आप्रवासीहरूको सुरक्षा अन्त्य गर्न ट्रम्प प्रशासनले दिएको दबाब बारे सर्वोच्च अदालतले विचार गर्दै|लुटपाटको डरले पसलहरू बन्द हुँदा अवैध आप्रवासनको विरोधमा जोहानेसबर्गमा प्रदर्शन|मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’|अलौकिक चमत्कार|‘लाली बजार’ को प्रदर्शन रोक्ने आदेशविरुद्ध चलचित्रकर्मी सडकमा|१५ औँ महाधिवेशनका लागि कांग्रेसको सक्रियता : सदस्यता नवीकरण र वर्गीकरण हुँदै|अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह|आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पराजित 

लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

आठ टोली सहभागी प्रतियोगितामा नेपाल हाल पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष चारमा पर्ने टोलीले एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने व्यवस्था छ भने तल्लो चार टोलीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ। यसैले घरेलु मैदानमा भइरहेको शृङ्खलाका सबै खेल जित्दै शीर्ष चारको सम्भावना जोगाइराख्ने लक्ष्य नेपालले राखेको छ।

नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरिसकेको छ र आज ओमानविरुद्ध पनि जितको निरन्तरता कायम राख्ने प्रयासमा छ।

अहिलेसम्म नेपालले २१ खेलबाट १४ अङ्क जोडेको छ। ओमान भने २५ खेलमा २९ अङ्कसहित तेस्रो स्थानमा छ।

नेपाल र ओमानबीच हालसम्म आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले तीन र ओमानले चार खेल जितेका छन् भने एक खेल रद्द भएको थियो।

  himalayanvoice.com | १५ बैशाख २०८३, मंगलवार २२:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online