ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनले छिटो देश निकालालाई अगाडि बढाएपछि न्याय विभाग आप्रवासन न्यायाधीशहरूको ढिलाई तर्फ लक्षित|प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै|लुम्लेको नयाँ गन्तव्य : कविता पार्क|अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने|धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर|सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान|लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना|आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान|अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न इजरायलस्थित नेपाली राजदूतावासको अनुरोध|पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित

विजय मल्लसम्बन्धी दुई ग्रन्थ लोकार्पित

काठमाडौँ । वरिष्ठ नाटककार विजय मल्लसँग सम्बन्धित दुई ग्रन्थ आज लोकार्पण गरिएको छ । नइ एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले डा साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईँद्वारा लिखित ‘विजय मल्ल’ नामक जीवनीकृतिको लोकार्पण गर्नुभयो ।

विजय मल्ल शताब्दी महोत्सव समापनका अवसरमा ती कृति विमोचन गरिएको हो । नइ एकेडेमीबाट प्रकाशित ती कृतिबारे प्रा केशव सुवेदीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा ग्रन्थकार डा साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईँले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पार्नुभएको थियो ।

महोत्सवका क्रममा विजय मल्लका सिर्जनात्मक कृतिको संवद्र्धनमा उल्लेखनीय योगदानका लागि नेपाल तथा भारतका ४५ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको थियो । सुविख्यात नाटककार, आख्यानकार तथा कवि मल्लको १९८२ सालमा जन्म भई र २०५६ सालमा निधन भएको थियो ।

  himalayanvoice.com | २० बैशाख २०८३, आईतवार १९:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online