ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले आजका लागि बैठक बोलाएको हो ।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको छ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।

  himalayanvoice.com | २४ बैशाख २०८३, बिहीबार ००:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online