ट्रेण्डिङ्ग:
|नेपाली बजारमा तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य|युरोपियन युनियनको सीमा प्रतिबन्ध लागू हुनुभन्दा पहिले ग्रीसका आप्रवासी एमेच्योर टोलीहरू विश्वकपको भावमा रमाउदै|लियोनेल मेसी र अर्जेन्टिना विश्वकप उपाधि रक्षा गर्ने तयारीमा|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा, तराईमा हुरीको चेतावनी|कल्पना पौडेल ‘जिज्ञासु’ को ‘अग्निस्पन्दन’ कविता संग्रह सार्वजनिक|भारतबाट ४५३ नेपालीको उद्धार|शनिबार राति लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा|एमालेले केन्द्रीय सदस्यहरूको लागि कार्यविभाजन गर्यो|दैलेखको पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

  himalayanvoice.com | २० बैशाख २०८३, आईतवार २२:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online